चैत्र १४, २०८२ शनिबार | ०९:२३:३३
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

साफ च्याम्पियनसिपः नेपालको सान्त्वना जित

काठमाडौं । आशिष चौधरीले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा साबिक उपविजेता नेपालले साफ च्याम्पियनसिपको अन्तिम खेलमा पाकिस्तानमाथि १-० को कठिन जित निकालेको छ ।

यससँगै पहिलो जित निकालेको नेपालले तीन खेलमा तीन हंक जोड्यो । तीनै खेलमा पराजित पाकिस्तान अंकविहिन बन्यो ।

यसअघि नेपालले कुवेतसँग ३-१ र घरेलु टोली भारतसँग २-० को पराजय ब्यहोरेको थियो । पाकिस्तान भारत र कुवेतसँग समान ४-० ले पराजित भएको थियो ।

बेङ्लुरु श्री कान्तिराभा स्टेडियममा मंगलबार सम्पन्न खेलको ८०औं मिनेटमा आशिषले गोल गरेका हुन् । उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

राष्ट्रिय टोलीका लागि आशिषको यो पहिलो गोल हो । गत वर्ष बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय ‘डेब्यू’ गरेका आशिषले देशका लागि चौथो खेलमा पहिलो गोल गरेका हुन् ।

खेलमा हाबी भए पनि नेपालले पाएका केही अवसरलाई सदुपयोग गर्न भने सकेन ।

४२औं मिनेटमा विमल घर्ती मगरको प्रहारलाई पाकिस्तानका गोलकिपर युसुफ बटले बर्चा । ६१औं मिनेटमा मनिष डाँगीको प्रहारमा पनि बट नै बाधक बने ।

६८औं मिनेटमा देवेन्द्र तामाङको प्रहार बारमा लागेर फर्किदाँ नेपालले अग्रता बनाउने अवसर गुमाएको थियो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो