माघ ३, २०८२ शनिबार | ०९:४३:२१
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

महिला विश्वकप २०२३ः एन्फा पदाधिकारीको नाममा एक सय ७७ वटा टिकट

काठमाडौं । अखिल नेपाल फुटबल संघले अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गर्ने महिला विश्वकप २०२३ का लागि फिफाबाट प्राप्त २ सय ३० वटा टिकटको भागबन्डा लगाएको छ । 

एन्फा मुख्यालयमा शनिबार बसेको कार्यसमितीको आपतकालिन बैठकले अस्ट्रेलियाको एक सय २५ र न्युजिल्यान्डको एक सय पाँच वटा टिकटको वितरणको टुङगो लगाएको हो । 

जसअनुसार अध्यक्ष पंकजविक्रम नेम्वाङको भागमा अस्ट्रेलियाको आठ र न्युजिल्यान्डको सात गरि कुल १५ वटा, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नाममा अस्ट्रेलियाको सात र न्युजिल्यान्डको पाँच वटा गरि कुल १३ वटा टिकट परेको छ ।

त्यस्तै चार उपाध्यक्ष विराटजंग शाही, दिपक खतिवडा, दिर्घबहादुर केसी र दावा लामा तथा महासचिव किरण राईले अस्ट्रेलियाको पाँच र न्युजिल्यान्डको चार वटा टिकट गरि समान नौ टिकट प्राप्त गर्नेछन । 

त्यस्तै कार्यसमितीका १५ सदस्यको भागमा अस्ट्रेलिया र न्युजिल्यान्डको समान तीन गरि कुल ६ वटा टिकट परेको छ भने कोषाध्यक्षको भागमा अस्ट्रेलिया र न्युजिल्यान्डको समान एक गरि दुई वटा टिकट परेको छ ।

त्यस्तै तीन सहायक महासचिवले अस्ट्रेलियाको तीन र न्युजिल्यान्डको पाँच गरि समान ८ वटा टिकट प्राप्त गर्नेछन । त्यस्तै प्रवक्त सुरेश शाहको नाममा अस्ट्रेलियाको एक र न्युजिल्यान्डको तीन गरि कुल चार टिकट परेको छ । 

यता जिल्ला,क्लब,मिडिया, प्रायोजक र शुभचिन्तकका लागि अस्ट्रेलियाको ३५ र न्युजिल्यान्डको १८ वटा टिकट छुट्याइएको छ ।

 

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate