फाल्गुन २५, २०८२ सोमबार | ११:२८:०२
भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित

महिला विश्वकप २०२३ः एन्फा पदाधिकारीको नाममा एक सय ७७ वटा टिकट

काठमाडौं । अखिल नेपाल फुटबल संघले अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गर्ने महिला विश्वकप २०२३ का लागि फिफाबाट प्राप्त २ सय ३० वटा टिकटको भागबन्डा लगाएको छ । 

एन्फा मुख्यालयमा शनिबार बसेको कार्यसमितीको आपतकालिन बैठकले अस्ट्रेलियाको एक सय २५ र न्युजिल्यान्डको एक सय पाँच वटा टिकटको वितरणको टुङगो लगाएको हो । 

जसअनुसार अध्यक्ष पंकजविक्रम नेम्वाङको भागमा अस्ट्रेलियाको आठ र न्युजिल्यान्डको सात गरि कुल १५ वटा, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नाममा अस्ट्रेलियाको सात र न्युजिल्यान्डको पाँच वटा गरि कुल १३ वटा टिकट परेको छ ।

त्यस्तै चार उपाध्यक्ष विराटजंग शाही, दिपक खतिवडा, दिर्घबहादुर केसी र दावा लामा तथा महासचिव किरण राईले अस्ट्रेलियाको पाँच र न्युजिल्यान्डको चार वटा टिकट गरि समान नौ टिकट प्राप्त गर्नेछन । 

त्यस्तै कार्यसमितीका १५ सदस्यको भागमा अस्ट्रेलिया र न्युजिल्यान्डको समान तीन गरि कुल ६ वटा टिकट परेको छ भने कोषाध्यक्षको भागमा अस्ट्रेलिया र न्युजिल्यान्डको समान एक गरि दुई वटा टिकट परेको छ ।

त्यस्तै तीन सहायक महासचिवले अस्ट्रेलियाको तीन र न्युजिल्यान्डको पाँच गरि समान ८ वटा टिकट प्राप्त गर्नेछन । त्यस्तै प्रवक्त सुरेश शाहको नाममा अस्ट्रेलियाको एक र न्युजिल्यान्डको तीन गरि कुल चार टिकट परेको छ । 

यता जिल्ला,क्लब,मिडिया, प्रायोजक र शुभचिन्तकका लागि अस्ट्रेलियाको ३५ र न्युजिल्यान्डको १८ वटा टिकट छुट्याइएको छ ।

 

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||