माघ १८, २०८२ आइतबार | १०:५५:३३
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

बेन्जेमाको बर्हिगमन सबैका लागि आश्चर्यको विषयः एन्सेलोट्टी

मड्रिड । स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले स्ट्राइकर करिम बेन्जेमाको क्लब छोड्ने निर्णय सबैका लागि आश्चर्यको विषय भएको प्रतिक्रिया दिएका छन ।

आइतबार सिजनको अन्तिम खेल खेल्नुअघि मात्र बेन्जेमाले सान्टियागो बर्नाबेउको १४ वर्षको बसाईमा पूर्णविराम लगाउने घोषणा गरेका थिए । रियालले अन्तिम खेलमा एथ्लेटिक बिल्बाओसँग १-१ को बराबरी खेलेको थियो । रियालका लागि बेन्जेमाले बराबरी गोल गरेका थिए ।

बेन्जेमाले रियालबाट सबैखाले प्रतियोगिता गरि ६ सय ४८ खेलमा ३ सय ५४ गोल गरेका छन । उनी क्लबको सर्वकालिन गोलकर्ताको सुचीको दोस्रो नम्बरमा छन । उनीभन्दा अघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो रहेका छन । 

‘करिम बेन्जेमाको बर्हिगमन सबैका लागि आश्चर्यजनक रहेको छ’, एन्सेलोट्टीले भने, ‘तर हामीले खेलाडीको निर्णयका सम्मान गर्नुपर्छ । उनीले अन्तिम समयमा लिएको निर्णय हामीले स्विकार गर्नुपर्छ । हिजो उनी हामीसँगै अभ्यासमा थिए । जहाँ उनले क्लब छोड्ने संकेत समेत गरेका थिएनन । तर आज क्लब छोड्ने घोषणा गरे ।'


सन् २००९ मा लियोनबाट रियाल भित्रिएका बेन्जेमाले बलोन डी अर र युइएफए वर्ष खेलाडीको अवार्ड पाएका थिए । बेन्जेमा साउदी प्रो लिगको क्लब अल इत्तिहाद जाने खबर सार्वजनिक भएको थियो ।

बेन्जेमाले रियालबाट पाँच पटक च्याम्पियन्स लिग, पाँच पटक क्लब विश्वकप,चार पटक युरोपियन सुपर कप, चार पटक ला लिगा, तीन पटक कोपा डेल रे र चार पटक स्पेनिस सुपर कपको उपाधि जितेका थिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।