चैत्र १०, २०८२ मंगलबार | ०२:००:४६
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

बेन्जेमाको बर्हिगमन सबैका लागि आश्चर्यको विषयः एन्सेलोट्टी

मड्रिड । स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले स्ट्राइकर करिम बेन्जेमाको क्लब छोड्ने निर्णय सबैका लागि आश्चर्यको विषय भएको प्रतिक्रिया दिएका छन ।

आइतबार सिजनको अन्तिम खेल खेल्नुअघि मात्र बेन्जेमाले सान्टियागो बर्नाबेउको १४ वर्षको बसाईमा पूर्णविराम लगाउने घोषणा गरेका थिए । रियालले अन्तिम खेलमा एथ्लेटिक बिल्बाओसँग १-१ को बराबरी खेलेको थियो । रियालका लागि बेन्जेमाले बराबरी गोल गरेका थिए ।

बेन्जेमाले रियालबाट सबैखाले प्रतियोगिता गरि ६ सय ४८ खेलमा ३ सय ५४ गोल गरेका छन । उनी क्लबको सर्वकालिन गोलकर्ताको सुचीको दोस्रो नम्बरमा छन । उनीभन्दा अघि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो रहेका छन । 

‘करिम बेन्जेमाको बर्हिगमन सबैका लागि आश्चर्यजनक रहेको छ’, एन्सेलोट्टीले भने, ‘तर हामीले खेलाडीको निर्णयका सम्मान गर्नुपर्छ । उनीले अन्तिम समयमा लिएको निर्णय हामीले स्विकार गर्नुपर्छ । हिजो उनी हामीसँगै अभ्यासमा थिए । जहाँ उनले क्लब छोड्ने संकेत समेत गरेका थिएनन । तर आज क्लब छोड्ने घोषणा गरे ।'


सन् २००९ मा लियोनबाट रियाल भित्रिएका बेन्जेमाले बलोन डी अर र युइएफए वर्ष खेलाडीको अवार्ड पाएका थिए । बेन्जेमा साउदी प्रो लिगको क्लब अल इत्तिहाद जाने खबर सार्वजनिक भएको थियो ।

बेन्जेमाले रियालबाट पाँच पटक च्याम्पियन्स लिग, पाँच पटक क्लब विश्वकप,चार पटक युरोपियन सुपर कप, चार पटक ला लिगा, तीन पटक कोपा डेल रे र चार पटक स्पेनिस सुपर कपको उपाधि जितेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो