चैत्र १४, २०८२ शनिबार | ०७:१०:५०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अग्रता जोगाउन नसक्दा मछिन्द्र पराजित, चर्च ब्वाइजलाई फाइदा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबसँग २-१ ले पराजित भएपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साबिक विजेता मछिन्द्र फुटबल क्लबको उपाधि लक्ष्यमा धक्का लागेकाे छ ।

च्यासल मैदानमा आइतबार सम्पन्न खेलमा पुलिसले पुनरागमन जित निकाल्दा मछिन्द्रको उपाधि जित्ने लक्ष्यमा धक्का लागेकाे हो ।

लगातार पाँचौं खेल जितेको पुलिसले २४ खेलबाट ३७ अंक जोड्दै चौंथो स्थान कायम राखेको छ । हारपछि ३९ अंक जोड्दै दोस्रो स्थानमा रहेको मछिन्द्र शीर्ष स्थानको चर्च ब्वाइजभन्दा पाँच अंकले पछि परेको छ ।

पहिलो हाफमा ओलावाले अफिजको गोलमार्फत अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा दुई गोल खाएको हो । पुलिसको जितमा दुवै गोल विदेशी खेलाडी मोसेस टाेएमले गोल गरे ।

जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पहिलो स्थानमा रहेका अफिजले मछिन्द्रलाई २३ औं मिनेटमा अग्रता दिलाए । पेनाल्टी बक्सभित्र अफिजले छिरिङ गुरुङको क्रसलाई सदुपयोग गर्दै चलाखी पूर्ण ढंगले गोल गरे ।

 ७३ औं मिनेटमा मोसेसले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै पुलिसलाई बराबरीमा ल्याए ।  १० मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मोसेसले पुलिसलाई २-१ को रोमाञ्चक जित दिलाए ।

जितसँगै पुलिसले लिगमा मछिन्द्रविरुद्ध पहिलो भेटमा ब्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा मछिन्द्र २-१ ले विजयी भएको थियो । 

यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लब १-१ को बराबरीमा रोकिएका छन् । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो