माघ १८, २०८२ आइतबार | १७:४०:१६
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

चर्च ब्वाइजसँग पराजित जावलाखेल उपाधि होडबाट बाहिरियो

काठमाडौं । नवप्रबेशी चर्च ब्वाइज युनाइटेडसँग ३-० ले पराजित भएपछि जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडबाट बाहिरिएको छ ।

जितसँगै २४ खेलमा ४४ अंक जोडेको चर्च ब्वाइजले उपाधि सम्भावनालाई बलियो बनाएको छ । चर्च ब्वाइजले दोस्रो स्थानको मछिन्द्रसँग ५ अंकको दुरी बनाएको छ ।

हारसँगै २४ खेलमा ३७ अंकका साथ जावलाखेल तेस्रो स्थानमा कायम छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा चर्च ब्वाइजलाई जित दिलाउन आशिष चौधरीले दुई तथा अञ्जन विष्टले एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा अन्जनको गोलमार्फत अग्रता लिएको थियो । अन्जनको पेनाल्टी प्रहारलाई गोलकिपर इश्वर गुरुङले  बचाए पनि जावलाखेललाई भाग्यले साथ दिएन । रिबाउण्ड बललाई अन्जनले नै दोस्रो बारमा प्रहार गरे ।

रक्षक राहुल राहुलले पेनाल्टी बक्सभित्र रन्जितसिंह पान्द्रेलाई लडाएपछि चर्च ब्वाइजले पेनाल्टी पाएको थियो ।

८७औं मिनेटमा कमल श्रेष्ठको क्रसमा पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका आशिषले हेडमार्फत गोल गर्दा चर्च ब्वाइजले अग्रतालाई दोब्बर बनाएको थियो ।

खेलको इन्जुरी समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित गरे । उनले विपक्षी रक्षकको तालमेल नमिलेको अवस्थाको फाइदा उठाउँदै गोल गरेका थिए ।

यसबी खेलमा दुवै क्लबबाट गोलका केही अवसरहरु सिर्जना गरे गरे पनि गोलमा परिणत भने गर्न सकेनन् ।

पहिलो हाफ सकिन एक मिनेट बाकी छँदा रन्जितको हेडर गोलकिपर इश्वरले बचाउँदा चर्च ब्वाइज अग्रता लिन बन्चित भएको थियो ।

५९ औं मिनेटमा चर्च ब्वाइजले अग्रतालाई दोब्बर बनाउने सुनौलो अवसर गुमायो । राइट फ्ल्यान्कबाट अञ्जनले दिएको क्रसलाई निगरानीमा नरहेका मौसम सुब्बाले गोल गर्न सकेनन् । मौसमको फितलो प्रहार बाहिरिएको थियो ।

६४ औं मिनेटमा अञ्जनको पासमा रन्जितको प्रहार इश्वरले बचाए । तीन मिनेटपछि चर्च ब्वाइजका लागि इश्वर पुनः बाधक बने । कमलको कर्नरमा कप्तान अनन्त तामाङको हेडरलाई इश्वरले बचाएका थिए ।

८३ औं मिनेटमा जावलाखेलको अवसरलाई अनन्तले बिफल पारे । लेफ्ट फ्ल्यान्कबाट हिसुब थपलियाको क्रसलाई समीराज थोकरले पोस्टको दिशा दिनै लाग्दा अनन्तले बल क्लियर गरे ।

जितसँगै चर्च ब्वाइजले जावलाखेलविरुद्ध पहिलो भेटमा ब्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा जावलाखेल १-० ले विजयी भएको थियो । 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।