चैत्र ९, २०८२ सोमबार | ११:३७:१०
सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी

चर्च ब्वाइजसँग पराजित जावलाखेल उपाधि होडबाट बाहिरियो

काठमाडौं । नवप्रबेशी चर्च ब्वाइज युनाइटेडसँग ३-० ले पराजित भएपछि जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडबाट बाहिरिएको छ ।

जितसँगै २४ खेलमा ४४ अंक जोडेको चर्च ब्वाइजले उपाधि सम्भावनालाई बलियो बनाएको छ । चर्च ब्वाइजले दोस्रो स्थानको मछिन्द्रसँग ५ अंकको दुरी बनाएको छ ।

हारसँगै २४ खेलमा ३७ अंकका साथ जावलाखेल तेस्रो स्थानमा कायम छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा चर्च ब्वाइजलाई जित दिलाउन आशिष चौधरीले दुई तथा अञ्जन विष्टले एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा अन्जनको गोलमार्फत अग्रता लिएको थियो । अन्जनको पेनाल्टी प्रहारलाई गोलकिपर इश्वर गुरुङले  बचाए पनि जावलाखेललाई भाग्यले साथ दिएन । रिबाउण्ड बललाई अन्जनले नै दोस्रो बारमा प्रहार गरे ।

रक्षक राहुल राहुलले पेनाल्टी बक्सभित्र रन्जितसिंह पान्द्रेलाई लडाएपछि चर्च ब्वाइजले पेनाल्टी पाएको थियो ।

८७औं मिनेटमा कमल श्रेष्ठको क्रसमा पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका आशिषले हेडमार्फत गोल गर्दा चर्च ब्वाइजले अग्रतालाई दोब्बर बनाएको थियो ।

खेलको इन्जुरी समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित गरे । उनले विपक्षी रक्षकको तालमेल नमिलेको अवस्थाको फाइदा उठाउँदै गोल गरेका थिए ।

यसबी खेलमा दुवै क्लबबाट गोलका केही अवसरहरु सिर्जना गरे गरे पनि गोलमा परिणत भने गर्न सकेनन् ।

पहिलो हाफ सकिन एक मिनेट बाकी छँदा रन्जितको हेडर गोलकिपर इश्वरले बचाउँदा चर्च ब्वाइज अग्रता लिन बन्चित भएको थियो ।

५९ औं मिनेटमा चर्च ब्वाइजले अग्रतालाई दोब्बर बनाउने सुनौलो अवसर गुमायो । राइट फ्ल्यान्कबाट अञ्जनले दिएको क्रसलाई निगरानीमा नरहेका मौसम सुब्बाले गोल गर्न सकेनन् । मौसमको फितलो प्रहार बाहिरिएको थियो ।

६४ औं मिनेटमा अञ्जनको पासमा रन्जितको प्रहार इश्वरले बचाए । तीन मिनेटपछि चर्च ब्वाइजका लागि इश्वर पुनः बाधक बने । कमलको कर्नरमा कप्तान अनन्त तामाङको हेडरलाई इश्वरले बचाएका थिए ।

८३ औं मिनेटमा जावलाखेलको अवसरलाई अनन्तले बिफल पारे । लेफ्ट फ्ल्यान्कबाट हिसुब थपलियाको क्रसलाई समीराज थोकरले पोस्टको दिशा दिनै लाग्दा अनन्तले बल क्लियर गरे ।

जितसँगै चर्च ब्वाइजले जावलाखेलविरुद्ध पहिलो भेटमा ब्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा जावलाखेल १-० ले विजयी भएको थियो । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो