चैत्र ७, २०८२ शनिबार | २०:०९:४९
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

शीर्ष दुई टोलीबीचको भिडन्त

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार हुने खेलमा शीर्ष दुई टोली जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेड प्रतिस्पर्धा गर्दैछन् ।

जावलाखेल र चर्च ब्वाइजबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । जावलाखेल चर्च ब्वाइजलाई पराजित गर्दै शीर्ष स्थानमा फराकिलो अग्रता बनाउने लक्ष्यमा छ ।

हाल जावलाखेलले १० खेलमा ६ जित, २ बराबरी र २ हारको नतिजासहित २० अंक जोडेको छ । सिमान्त थापाको कप्तानीमा मैदान उत्रिने जावलाखेललाई हिसुब थपलिया, एनकोटो मासोबी, फोडे फोफना लगायताका खेलाडीको साथ रहनेछ ।

लिगमा अपराजित रहने एक मात्र टोली चर्च ब्वाइज पनि जावलाखेललाई स्तब्ध पार्दै शीर्ष स्थानमा उक्लिने प्रयासमा हुनेछ ।  लगातार ६ बराबरीपछि पछिल्लो खेलमा सातदोबाटोलीमाथि २–१ को जित निकालेको चर्च ब्वाइज आज पनि त्यसलाई निरन्तरता दिने सोचमा छ ।

चर्च ब्वाइज १० खेलमा ४ जित र ६ बराबरीको नतिजासहित १८ अंकका साथ दोस्रो स्थानमा छ । चर्च ब्वाइजका लागि एरिक विष्ट, आशिष चौधरी, प्रिसो एनजान्गा, जोसेफ ओबुसु बेम्पाह, फ्रान्कलिन कुइटे टाला मुख्य खेलाडीका रुपमा रहनेछन् ।

दिसँसो ३ बजे दशरथ रंगशालमा हुने खेलमा मनाङ मर्स्याङदी क्लबले एफसी खुमलटारको समाना गर्दैछ ।

पछिल्ला ३ खेलमा पाराजय ब्यहोरेको मनाङ खुमलटारलाई पराजित गर्दै जितको लय समात्ने प्रयासमा हुनेछ । मनाङ १० खेलमा ४ जित, ३ बराबरी र ३ हारको नतिजासहित १५ अंक जोडेर छटौं स्थानमा छ ।

खुलमटार पनि मनाङलाई स्तब्ध बनाउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा छ । खुमलटार १० खेलमा ३ जित, १ बराबरी र ६ हारको नतिजासहित १० अंकका साथ १२ औं स्थानमा छ ।

दिउँसो ३ बजे नै च्यासल मैदानमा साबिक मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् ।

पछिल्लो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबसँग पराजय ब्यहोरेको मछिन्द्र फ्रेन्ड्सलाई हराउँदै जितको लय समात्ने प्रयासमा छ । मछिन्द्र १० खेलमा ३ जित, ४ बराबरी र ३ हारको नतिजासहित १३ अंक जोडेर नवौं स्थानमा छ ।

पछिल्ला ३ खेलमा अपराजित फ्रेन्ड्स मछिन्द्रविरुद्ध पनि त्यसलाई निरन्तरता दिन चाहन्छ । फ्रेन्ड्स १० खेलमा ३ जित,  २ बराबरी र ५ हारको नतिजासहित ११ अंकका साथ ११ औं स्थानमा छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो