माघ १६, २०८२ शुक्रबार | १५:५०:३६
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

शीर्ष दुई टोलीबीचको भिडन्त

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार हुने खेलमा शीर्ष दुई टोली जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेड प्रतिस्पर्धा गर्दैछन् ।

जावलाखेल र चर्च ब्वाइजबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । जावलाखेल चर्च ब्वाइजलाई पराजित गर्दै शीर्ष स्थानमा फराकिलो अग्रता बनाउने लक्ष्यमा छ ।

हाल जावलाखेलले १० खेलमा ६ जित, २ बराबरी र २ हारको नतिजासहित २० अंक जोडेको छ । सिमान्त थापाको कप्तानीमा मैदान उत्रिने जावलाखेललाई हिसुब थपलिया, एनकोटो मासोबी, फोडे फोफना लगायताका खेलाडीको साथ रहनेछ ।

लिगमा अपराजित रहने एक मात्र टोली चर्च ब्वाइज पनि जावलाखेललाई स्तब्ध पार्दै शीर्ष स्थानमा उक्लिने प्रयासमा हुनेछ ।  लगातार ६ बराबरीपछि पछिल्लो खेलमा सातदोबाटोलीमाथि २–१ को जित निकालेको चर्च ब्वाइज आज पनि त्यसलाई निरन्तरता दिने सोचमा छ ।

चर्च ब्वाइज १० खेलमा ४ जित र ६ बराबरीको नतिजासहित १८ अंकका साथ दोस्रो स्थानमा छ । चर्च ब्वाइजका लागि एरिक विष्ट, आशिष चौधरी, प्रिसो एनजान्गा, जोसेफ ओबुसु बेम्पाह, फ्रान्कलिन कुइटे टाला मुख्य खेलाडीका रुपमा रहनेछन् ।

दिसँसो ३ बजे दशरथ रंगशालमा हुने खेलमा मनाङ मर्स्याङदी क्लबले एफसी खुमलटारको समाना गर्दैछ ।

पछिल्ला ३ खेलमा पाराजय ब्यहोरेको मनाङ खुमलटारलाई पराजित गर्दै जितको लय समात्ने प्रयासमा हुनेछ । मनाङ १० खेलमा ४ जित, ३ बराबरी र ३ हारको नतिजासहित १५ अंक जोडेर छटौं स्थानमा छ ।

खुलमटार पनि मनाङलाई स्तब्ध बनाउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा छ । खुमलटार १० खेलमा ३ जित, १ बराबरी र ६ हारको नतिजासहित १० अंकका साथ १२ औं स्थानमा छ ।

दिउँसो ३ बजे नै च्यासल मैदानमा साबिक मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् ।

पछिल्लो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबसँग पराजय ब्यहोरेको मछिन्द्र फ्रेन्ड्सलाई हराउँदै जितको लय समात्ने प्रयासमा छ । मछिन्द्र १० खेलमा ३ जित, ४ बराबरी र ३ हारको नतिजासहित १३ अंक जोडेर नवौं स्थानमा छ ।

पछिल्ला ३ खेलमा अपराजित फ्रेन्ड्स मछिन्द्रविरुद्ध पनि त्यसलाई निरन्तरता दिन चाहन्छ । फ्रेन्ड्स १० खेलमा ३ जित,  २ बराबरी र ५ हारको नतिजासहित ११ अंकका साथ ११ औं स्थानमा छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।