चैत्र १३, २०८२ शुक्रबार | ००:२२:२९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एनआरटी विजयी, बराबरीमा सकियो विभागीय डर्बी

काठमडौं । सन्जिव विष्टले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा न्युरोड टिम (एनआटी) ले  सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबमाथि १-० को कठिन जित निकालेको छ ।

यससँगै एनआरटी ११ खेलमा ३ जित, ४ बराबरी र ४ हारको निजतासहित १३ अंकका साथ १०औं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको एपिएफ समान खेलमा ४ जित, २ बराबरी र ५ हारको निजतासहित १४ अंक जोडेर आठौं स्थानमा छ ।

सन्जिवले च्यासल मैदनमा शुक्रबार सम्पन्न ११औं चरण अन्तर्गको खेलको ७९औं मिनेटमा गौरव श्रेष्ठको पासलाई सदुपयोग गरेका थिए ।

यसअघि आठौं मिनेटमा आवास लामिछाने पेनाल्टीमा चुक्दा एपिएफले अग्रता लिने सुवर्ण अवसर गुमाएको थियो । आवासको प्रहालाई एनआरटीका गोलकिपर पुजन होनाले बचाए ।

अब्दोउ रामिनीको प्रहारलाई एनआरटीका गौरव श्रेष्ठले पेनाल्टी बक्स भित्र हातले रोकेपछि एपिएफले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

६१ औं मिनेटमा  एपिएफका कप्तान नविन लामाको फ्रिकिकलाई एनआरटीका गोलकिपर पुजनले बचाए ।

यसैगरी  सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीचकाे विभागीय डर्बी गोलरहित बराबरीमा सकिएको छ ।

खेलको १६ औं मिनेटमा आर्मीका कप्तान भरत खवासको क्रसमा जगजित श्रेष्ठले गरेको हेडर बाहिरिएको थियो । ३० औं मिनेटमा भरतको क्रसमा आर्मीका नवयुग श्रेष्ठले हेडर प्रयास गरे पनि सफ भएनन् ।

४४औं मिनेटमा पुलिसका दिनेश हेम्जनको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । त्यसको केही सेकेन्ड्समा पुलिसका जो आइडुको शक्तिशाली प्रहार बाहिरियो ।

यो नतिजासहित आर्मी ११ खेलमा ४ जित, ४ बराबरी र ३ हारसहित १६ अंक जोडेर पाँचौं स्थानमा छ । पुलिस समान खेलमा १ जित, ३ बराबरी र ७ हारसहित ६ अंकका साथ पुछरमा छ। 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो