चैत्र १२, २०८२ बिहीबार | २३:२४:०६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बराबरीमा रोकिए जावलाखेल र खुमलटार

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न सातौं चरणको पहिलो खेलमा जावलाखेल युथ क्लब र एफसी खुमलटारले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यस नतिजासँगै सात खेलमा चार जित, दुई बराबरी र एक हारको नजितासहित १४ अंक जोडेको जावलाखेल दोस्रो स्थानमा छ । खुमलटार समान खेलबाट दुई जित, एक बराबरी र चार हारको नजितासहित सात अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेलका लागि एनकोटो मोसोबी र फोडे फोफना तथा खुमलटारका लागि अभिशेक लिम्बु र मोसौके ओलोमोउले गोल गरे ।

खेलको ३२ औं मिनेटमा मोसोबीले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । जवलाखेलको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन गोल खाएको दुई मिनेट पछि नै अभिशेकले खुमलटारलाई बराबरीमा ल्याए ।

६३ औं मिनेटमा ओलोमोउले गोल गर्दा खुमटार २-१ ले अघि बढ्यो । ८६ औं मिनेटमा फोफनाले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

अब चैत २८ गते हुने खेलमा जावलाखेलल त्रिभुवन आर्मी फुटबल क्लब तथा खुमटारले मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो