माघ ३, २०८२ शनिबार | १०:३३:०१
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

राष्ट्रिय टोलीमा सात नयाँ अनुहार

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका एकदर्जनभन्दा बढि खेलाडी अस्ट्रेलिया पलायन भएपछि नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनासीले सात नयाँ अनुहारलाई टोलीमा बोलाएका छन् । 

घरेलु मैदानमा बुधबारबाट हुने प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका खेल्न एनासीले २२ खेलाडी एन्फा सचिवालयलाई बुझाएका छन् । यद्यपी टोलीको आधिकारीक घोषणा गरिएको छैन ।

एनासीले आइतबारबाटै नेपाली टोलीको प्रशिक्षण सुरु गरिसकेका छन् । नेपाली टोली बानेश्वरस्थित एक होटलमा क्याम्प बसेको छ । एनासीले गोलकिपर अभिषेक बरालसँगै रक्षकहरु रन्दीप पौडेल र पदम भट्टराई मिडफिल्डर सनिस श्रेष्ठ, मणिकुमार लामा, सुमित श्रेष्ठ, नविन लामा र स्ट्राइकर दीपकराज सिंह ठकुरीलाई पहिलो पटक राष्ट्रिय टोलीमा स्थान दिएका छन् ।

गोलकिपर अभिषेक सातदोबाटो युथ, रक्षक पदम खुमलटार, मिडफिल्डर सनिस, मणिकुमार र नविन एपिएफ फुटबल क्लब तथा सुमित मनाङबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्छन् । स्ट्राइकर दीपकराज सातदोबाटोको प्रतिनिधित्व गर्छन् ।  

थ्री नेसन्स कप चैत आठ देखि१७ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । सिंगल राउन्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

नेपालले चैत आठमा लाओस तथा चैत १४ मा भुटानको सामना गर्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् ।

यसअघि नेपालले २०७७ सालमा बंगालदेश र कीर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

प्रशिक्षक एनासीले स्ट्राइकर विमल घर्ति मगर, मिडफिल्डर दिनेश हेम्जन जस्ता खेलाडीलाई टोलीमा समावेश गरेका छैनन् । यस्तै घाइते भएका अञ्जन विष्टलाई भने टोलीमा राखिएको छ । उनी खेल्ने या नखेल्ने टुंगो लागेको छैन ।

यसअघि राष्ट्रिय टोलीबाट खेलेका अभिषेक रिजाल, विशाल राई, तेज तामाङ, दीनेश राजवंशी, नितिन थापा, निरकुमार राई, सुमन लामा, आशिष चौधरी, दर्शन गुरुङ, राजन गुरुङ, मिक्छेन तामाङ, हेमन्त थापा मगर लगायतका खेलाडी विदेश पलायन भएका छन् ।

नेपाली टोलीः 
गोलकिपरः अभिषेक बराल, दीप कार्की, किरण चेम्जोङ
रक्षकः  पदम भट्टराई, आदित्य चौधरी, अनन्त तामाङ,विकास खवास , रोहित चन्द, निशान  खड्का
मिडफिल्डरः सुमित श्रेष्ठ, मणिकुमार लामा, सनिस श्रेष्ठ, नविन लामा, पुजन उपरकोटी, आयुष घलान, एरिक विष्ट, कमल थापा 
स्ट्राइकरः दीपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, भरत खवास, मनिष डाँगी

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate