चैत्र ७, २०८२ शनिबार | ००:४५:४७
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

राष्ट्रिय टोलीमा सात नयाँ अनुहार

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका एकदर्जनभन्दा बढि खेलाडी अस्ट्रेलिया पलायन भएपछि नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनासीले सात नयाँ अनुहारलाई टोलीमा बोलाएका छन् । 

घरेलु मैदानमा बुधबारबाट हुने प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका खेल्न एनासीले २२ खेलाडी एन्फा सचिवालयलाई बुझाएका छन् । यद्यपी टोलीको आधिकारीक घोषणा गरिएको छैन ।

एनासीले आइतबारबाटै नेपाली टोलीको प्रशिक्षण सुरु गरिसकेका छन् । नेपाली टोली बानेश्वरस्थित एक होटलमा क्याम्प बसेको छ । एनासीले गोलकिपर अभिषेक बरालसँगै रक्षकहरु रन्दीप पौडेल र पदम भट्टराई मिडफिल्डर सनिस श्रेष्ठ, मणिकुमार लामा, सुमित श्रेष्ठ, नविन लामा र स्ट्राइकर दीपकराज सिंह ठकुरीलाई पहिलो पटक राष्ट्रिय टोलीमा स्थान दिएका छन् ।

गोलकिपर अभिषेक सातदोबाटो युथ, रक्षक पदम खुमलटार, मिडफिल्डर सनिस, मणिकुमार र नविन एपिएफ फुटबल क्लब तथा सुमित मनाङबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्छन् । स्ट्राइकर दीपकराज सातदोबाटोको प्रतिनिधित्व गर्छन् ।  

थ्री नेसन्स कप चैत आठ देखि१७ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । सिंगल राउन्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

नेपालले चैत आठमा लाओस तथा चैत १४ मा भुटानको सामना गर्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् ।

यसअघि नेपालले २०७७ सालमा बंगालदेश र कीर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

प्रशिक्षक एनासीले स्ट्राइकर विमल घर्ति मगर, मिडफिल्डर दिनेश हेम्जन जस्ता खेलाडीलाई टोलीमा समावेश गरेका छैनन् । यस्तै घाइते भएका अञ्जन विष्टलाई भने टोलीमा राखिएको छ । उनी खेल्ने या नखेल्ने टुंगो लागेको छैन ।

यसअघि राष्ट्रिय टोलीबाट खेलेका अभिषेक रिजाल, विशाल राई, तेज तामाङ, दीनेश राजवंशी, नितिन थापा, निरकुमार राई, सुमन लामा, आशिष चौधरी, दर्शन गुरुङ, राजन गुरुङ, मिक्छेन तामाङ, हेमन्त थापा मगर लगायतका खेलाडी विदेश पलायन भएका छन् ।

नेपाली टोलीः 
गोलकिपरः अभिषेक बराल, दीप कार्की, किरण चेम्जोङ
रक्षकः  पदम भट्टराई, आदित्य चौधरी, अनन्त तामाङ,विकास खवास , रोहित चन्द, निशान  खड्का
मिडफिल्डरः सुमित श्रेष्ठ, मणिकुमार लामा, सनिस श्रेष्ठ, नविन लामा, पुजन उपरकोटी, आयुष घलान, एरिक विष्ट, कमल थापा 
स्ट्राइकरः दीपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, भरत खवास, मनिष डाँगी

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो