माघ १८, २०८२ आइतबार | १०:३६:१६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

थ्री स्टारविरुद्ध जावलाखेल १–० ले अगाडी

सातदोबाटो । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लबले थ्री स्टार क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

शुक्रबार (आज) सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा जावलाखेलले एन्कोटो मासोबीको गोलमा अग्रता बनाएको हो ।

खेलको १६ औं मिनेटमा हिसुब थपलियाले कर्नर क्षेत्रबाट प्रदान गरेको क्रसलाई मासोबीले सुन्दर भली प्रहार गरेका थिए । मासोबीको प्रहारले सेकेन्ड बारको जाली चुमेको थियो ।

यसबीच दुवै क्लबले केही अवसर सृजना गरेपनि गोल भने गर्न सकेनन् ।

२१ औं मिनेटमा अशोक खवासको लामो दुरीबाट गरेको प्रहार बाहिरिएको थियो ।
आठौं मिनेटमा हिसुबको पहार बाहिरिँदा जावलाखेल अग्रता लिनबाट बन्चित भएको थियो ।

१४ औं मिनेटमा हिसुबले मासोबीलाई प्रदान गरेको क्रसलाई थ्री स्टारका रक्षक पिटर सेगुनले क्लियर गरिदिए ।

सुरुवाती हाफको मध्यतिर थ्री स्टारका लकेन लिम्बुलाई जावलाखेलका विशाल तामाङले लडाउँदा थ्री स्टारले फ्रिकिक पाएको थियो । तर, अनिल महर्जनको फ्रिकिक प्रहार जावलाखेल गोलकिपर अनिश देउलाले बचाए ।

३९ औं मिनेटमा आदित्य शाक्यको सटिक प्रहार पोस्ट बारमा लागेपछि थ्री स्टारले बराबरी गोल गर्ने मौका गुमायो ।

थ्री स्टार र जावलाखेल दुवै तेस्रो जितको खोजीमा छन् ।


यसअघि थ्री स्टार र जावलाखेल दुवैले चार खेलमा दुई जित, एक हार र एक बराबरी खेलेका थिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।