चैत्र ७, २०८२ शनिबार | २१:५४:५९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

थ्री स्टारविरुद्ध जावलाखेल १–० ले अगाडी

सातदोबाटो । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लबले थ्री स्टार क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

शुक्रबार (आज) सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा जावलाखेलले एन्कोटो मासोबीको गोलमा अग्रता बनाएको हो ।

खेलको १६ औं मिनेटमा हिसुब थपलियाले कर्नर क्षेत्रबाट प्रदान गरेको क्रसलाई मासोबीले सुन्दर भली प्रहार गरेका थिए । मासोबीको प्रहारले सेकेन्ड बारको जाली चुमेको थियो ।

यसबीच दुवै क्लबले केही अवसर सृजना गरेपनि गोल भने गर्न सकेनन् ।

२१ औं मिनेटमा अशोक खवासको लामो दुरीबाट गरेको प्रहार बाहिरिएको थियो ।
आठौं मिनेटमा हिसुबको पहार बाहिरिँदा जावलाखेल अग्रता लिनबाट बन्चित भएको थियो ।

१४ औं मिनेटमा हिसुबले मासोबीलाई प्रदान गरेको क्रसलाई थ्री स्टारका रक्षक पिटर सेगुनले क्लियर गरिदिए ।

सुरुवाती हाफको मध्यतिर थ्री स्टारका लकेन लिम्बुलाई जावलाखेलका विशाल तामाङले लडाउँदा थ्री स्टारले फ्रिकिक पाएको थियो । तर, अनिल महर्जनको फ्रिकिक प्रहार जावलाखेल गोलकिपर अनिश देउलाले बचाए ।

३९ औं मिनेटमा आदित्य शाक्यको सटिक प्रहार पोस्ट बारमा लागेपछि थ्री स्टारले बराबरी गोल गर्ने मौका गुमायो ।

थ्री स्टार र जावलाखेल दुवै तेस्रो जितको खोजीमा छन् ।


यसअघि थ्री स्टार र जावलाखेल दुवैले चार खेलमा दुई जित, एक हार र एक बराबरी खेलेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो