माघ १८, २०८२ आइतबार | १७:५६:३१
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

मेसीको उत्कृष्ट प्रदर्शन नै जितको कारण हो: गल्टियर

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्टियरले लियोनल मेसीको प्रशंसा गरेका छन् ।

मेसीको निर्णायक गोलमा पिएसजीले फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति सम्पन्न खेलमा टुलुसलाई २-१ ले पराजित गरेको थियो ।

मिडफिल्डर रेनाटो साञ्चेज चोटका काणर मैदान छाड्न बाध्य बनेपछि पिएसजीलाई सुरुआतमै झड्का लागेको थियो । चोटका कारण सञ्चेजले १४ औं मिनेटमा मैदान छाडेका थिए । 

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा खेलको २० औं मिनेटमा ब्रान्को भान डेन बुमेनले  फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै टुलुसलाई अग्रता दिलाए पछि पिएसजी थप समस्यामा परेको थियो ।

पिएसले एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै उत्कृष्ट पुनरागमन जित निकालेको थियो । ३८ औं मिनेटमा अर्चरफ हाकीमीले गोल गर्दै पिएसजीलाई १-१ को बराबरीमा ल्याएका थिए ।

५८ औं मिनेटमा मेसीले गरेको गोल निर्णायक बन्दा पिएसजीले २-१ को रोमाञ्चक जित निकाल्यो । यससँगै मेसीले १६ औं पटक युरोपका शीर्ष पाँच लिगमा १० गोलको आंकडा पूरा गरेका छन् ।

गाल्टियरले आफ्नो टोलीले मिडफिल्डर साञ्चे घाइते भए बाहिरिए पछि टोलीलाई केही कठिन भएको बताएका छन् ।  ‘सुरुआतमै साञ्चेज घाइते हुँदा केही कठिन भएको थियो,’गाल्टियरले भने,‘मैले तुरुन्तै एल चडैली बिट्सियाबुलाई मैदान पठाउने निर्णय गरे किनकी उनले लामो समय देखि लिग वानका लागि आफु योग्य रहेको प्रमाणित गरिरहेका छन् । ’

गल्टियरले टुलुस लिग वानकै कठिन प्रद्धिन्द्धी मध्ये एक रहेको पनि बताए । 

‘हामाीलाई टुलुजको स्तरको बारेमा पनि थाहा भयो । आक्रमणमा यो टोली लिग वानकाै सबैभन्दा खतरनाक  मध्ये एक हो’ ग्लाटियरले भने,‘तर समग्रमा हामीले खेल नियन्त्रण राख्न सफल भयौं ।’

ग्लाटियरले नेयमार र किलियन एमबाप्पे विना नै निकालेको जितको श्रेय मेसीलाई दिएका छन् । 

‘मेसीको उत्कृष्ट प्रदर्शन र उनको दृढ संकल्पका कारणले नै हामी पछि परेर पनि जित निकाल्न सक्षम भएका हौं,’गाल्टियरले भने ।

नेयमार र एमबाप्पेले चोटका कारण टुलुसविरुद्धको खेल गुमाएका थिए । 

यस जितसँगै पिएसजीले लिगमा दोस्रो स्थानको मार्सेसँग आठ अंकको दुरी बनाएको छ । शीर्ष स्थानको पिएसजीले २२ खेलमा ५४ अंक जोड्दा मार्सेको २१ खेलबाट ४६ अंक छ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।