चैत्र ६, २०८२ शुक्रबार | १०:०१:०६
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

मेसीको उत्कृष्ट प्रदर्शन नै जितको कारण हो: गल्टियर

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्टियरले लियोनल मेसीको प्रशंसा गरेका छन् ।

मेसीको निर्णायक गोलमा पिएसजीले फ्रेन्च लिग वान अन्तर्गत शनिबार राति सम्पन्न खेलमा टुलुसलाई २-१ ले पराजित गरेको थियो ।

मिडफिल्डर रेनाटो साञ्चेज चोटका काणर मैदान छाड्न बाध्य बनेपछि पिएसजीलाई सुरुआतमै झड्का लागेको थियो । चोटका कारण सञ्चेजले १४ औं मिनेटमा मैदान छाडेका थिए । 

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा खेलको २० औं मिनेटमा ब्रान्को भान डेन बुमेनले  फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै टुलुसलाई अग्रता दिलाए पछि पिएसजी थप समस्यामा परेको थियो ।

पिएसले एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै उत्कृष्ट पुनरागमन जित निकालेको थियो । ३८ औं मिनेटमा अर्चरफ हाकीमीले गोल गर्दै पिएसजीलाई १-१ को बराबरीमा ल्याएका थिए ।

५८ औं मिनेटमा मेसीले गरेको गोल निर्णायक बन्दा पिएसजीले २-१ को रोमाञ्चक जित निकाल्यो । यससँगै मेसीले १६ औं पटक युरोपका शीर्ष पाँच लिगमा १० गोलको आंकडा पूरा गरेका छन् ।

गाल्टियरले आफ्नो टोलीले मिडफिल्डर साञ्चे घाइते भए बाहिरिए पछि टोलीलाई केही कठिन भएको बताएका छन् ।  ‘सुरुआतमै साञ्चेज घाइते हुँदा केही कठिन भएको थियो,’गाल्टियरले भने,‘मैले तुरुन्तै एल चडैली बिट्सियाबुलाई मैदान पठाउने निर्णय गरे किनकी उनले लामो समय देखि लिग वानका लागि आफु योग्य रहेको प्रमाणित गरिरहेका छन् । ’

गल्टियरले टुलुस लिग वानकै कठिन प्रद्धिन्द्धी मध्ये एक रहेको पनि बताए । 

‘हामाीलाई टुलुजको स्तरको बारेमा पनि थाहा भयो । आक्रमणमा यो टोली लिग वानकाै सबैभन्दा खतरनाक  मध्ये एक हो’ ग्लाटियरले भने,‘तर समग्रमा हामीले खेल नियन्त्रण राख्न सफल भयौं ।’

ग्लाटियरले नेयमार र किलियन एमबाप्पे विना नै निकालेको जितको श्रेय मेसीलाई दिएका छन् । 

‘मेसीको उत्कृष्ट प्रदर्शन र उनको दृढ संकल्पका कारणले नै हामी पछि परेर पनि जित निकाल्न सक्षम भएका हौं,’गाल्टियरले भने ।

नेयमार र एमबाप्पेले चोटका कारण टुलुसविरुद्धको खेल गुमाएका थिए । 

यस जितसँगै पिएसजीले लिगमा दोस्रो स्थानको मार्सेसँग आठ अंकको दुरी बनाएको छ । शीर्ष स्थानको पिएसजीले २२ खेलमा ५४ अंक जोड्दा मार्सेको २१ खेलबाट ४६ अंक छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो