जेष्ठ ३१, २०८२ शुक्रबार | ०३:१९:०८
बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान मेलम्चीकाे विजयी सुरुआत नेपालको फिफा वरियता खस्कियो द माइटी साँगाचोकको लगातार दोस्रो जित बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान मेलम्चीकाे विजयी सुरुआत नेपालको फिफा वरियता खस्कियो द माइटी साँगाचोकको लगातार दोस्रो जित

एपिएफ ४५ रनमै अलआउट

काठमाडौं । संगिता राई र अलिशा खडियाको उत्कृष्ट बलिङप्रेरित प्रदेश एकले प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा साबिकको विजेता नेपाल एपिएफ क्लबलाई ४५ रनमै अल आउट गरेको छ ।

इटहरीस्थित जनता क्रिकेट पार्कमा जारी खेलमा टस जितेर ब्याटिङ राजेको एपिएफ १३.४ ओभरमा ४५ रनमै अल आउट भएकाे हो । एपिएफका लागि  कप्तान सीता राना मगरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश एकका लागि संगिता र अलिशाले समान तीन तथा सबनम राईले दुई विकेट लिए ।

प्रदेश एक समूह बी को विजेता  तथा एपिएफ समूह ए को उपविजेतका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।

समूह चरणमा प्रदेश एकले शतप्रतिशत जित निकाल्दा एपिएफ सुदूरपश्चिम प्रदेशसँग पराजित भएको थियो । दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछन् ।

यस खेलको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । सुदूरपश्चिमले शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा मधेश प्रदेशमाथि एक सय १४ रनको सहज जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । 


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?