चैत्र ८, २०८२ आइतबार | १३:०२:५५
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

न्युजिल्यान्ड र पाकिस्तान १० विकेटले विजयी

काठमाडौं । न्युजिल्यान्ड र पाकिस्तानले आइसिसी महिला यु-१९ टी २० विश्वकपमा शानदार जित निकालेका छन् । 

न्युजिल्यान्डले  समूह ‘सी’ अन्तर्गत सिनवेस पार्कमा वेस्ट इन्डिजमाथि १० विकेटको जित निकालेको हो ।

 यस जितसँगै न्युजिल्यान्ड तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहँदा पहिलो पराजय ब्यहोरेको वेस्ट इन्डिज समान खेलमा चार अंकका साथ दोस्रो स्थानमा छ ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको ७९ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले ७.२ ओभरमा कुनै पनि विकेट नगुमाइ भेट्टायो । न्युजिल्यान्डका लागि जर्जिया प्लिमरले २२ बलमा सात चौकासहित  अविजित ४१ तथा  एना ब्राउनिङले  अविजित २८ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज १९.२ ओभरमा मात्र ६८ रनमा समेटिएको थियो । वेस्ट इन्डिजका लागि इर्निशा फोन्टनले अविजित ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्युजिल्यान्डका लागि क्याथरीन चन्डलरले तीन, ओलिभिया एन्डरसन र एबिगाइल होटोनले समान दुई तथा काइली नाइटले एक विकेट लिए ।

यसैगरी पाकिस्तानले पनि नर्थ वेस्ट युनिभरसिटीको क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा जिम्बाब्वेमाथि १० विकेटकै  जित निकाल्यो ।

यस जितसँगै तीन खेलमा चार अंकका साथ पाकिस्तान दोस्रो स्थानमा रहँदा तीनै खेलमा पराजित जिम्बाब्वे विना अंक अन्तिममा छ ।

जिम्बाब्वेले प्रस्तुत गरेको ९८ रनको सामान्य लक्ष्य पाकिस्तानले १०.५ ओभरमा  कुनै पनि विकेट नगुमाई भेट्टायो । पाकिस्तानका लागि इमान फातिमाले  ३५ बलमा १० चौका र दुई छक्का मद्दतमा अविजित ६२ तथा शवाल जुल्फिकरले अविजित ३२ रन जोडे ।

यसअघि  टस जितेर ब्याटिङ रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो ।  जिम्बाव्वेका लागि कप्तान केलिस एनढलोवुले ३५ बलमा सात चौका मद्दतमा सर्वाधिक ४२ रन जोडिन् । यसैगरी एडेल जिमुनुले १३,काय एन्दिरायाले ११ र नताशा एमटोम्बाले १० रन जोडे ।

पाकिस्तानका लागि एनोशा नसिरले दुई तथा तथा अरिशा नुर र लाइबा नसिरले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो