माघ १८, २०८२ आइतबार | ०१:३९:३०
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

न्युजिल्यान्ड र पाकिस्तान १० विकेटले विजयी

काठमाडौं । न्युजिल्यान्ड र पाकिस्तानले आइसिसी महिला यु-१९ टी २० विश्वकपमा शानदार जित निकालेका छन् । 

न्युजिल्यान्डले  समूह ‘सी’ अन्तर्गत सिनवेस पार्कमा वेस्ट इन्डिजमाथि १० विकेटको जित निकालेको हो ।

 यस जितसँगै न्युजिल्यान्ड तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहँदा पहिलो पराजय ब्यहोरेको वेस्ट इन्डिज समान खेलमा चार अंकका साथ दोस्रो स्थानमा छ ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको ७९ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले ७.२ ओभरमा कुनै पनि विकेट नगुमाइ भेट्टायो । न्युजिल्यान्डका लागि जर्जिया प्लिमरले २२ बलमा सात चौकासहित  अविजित ४१ तथा  एना ब्राउनिङले  अविजित २८ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज १९.२ ओभरमा मात्र ६८ रनमा समेटिएको थियो । वेस्ट इन्डिजका लागि इर्निशा फोन्टनले अविजित ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्युजिल्यान्डका लागि क्याथरीन चन्डलरले तीन, ओलिभिया एन्डरसन र एबिगाइल होटोनले समान दुई तथा काइली नाइटले एक विकेट लिए ।

यसैगरी पाकिस्तानले पनि नर्थ वेस्ट युनिभरसिटीको क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा जिम्बाब्वेमाथि १० विकेटकै  जित निकाल्यो ।

यस जितसँगै तीन खेलमा चार अंकका साथ पाकिस्तान दोस्रो स्थानमा रहँदा तीनै खेलमा पराजित जिम्बाब्वे विना अंक अन्तिममा छ ।

जिम्बाब्वेले प्रस्तुत गरेको ९८ रनको सामान्य लक्ष्य पाकिस्तानले १०.५ ओभरमा  कुनै पनि विकेट नगुमाई भेट्टायो । पाकिस्तानका लागि इमान फातिमाले  ३५ बलमा १० चौका र दुई छक्का मद्दतमा अविजित ६२ तथा शवाल जुल्फिकरले अविजित ३२ रन जोडे ।

यसअघि  टस जितेर ब्याटिङ रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो ।  जिम्बाव्वेका लागि कप्तान केलिस एनढलोवुले ३५ बलमा सात चौका मद्दतमा सर्वाधिक ४२ रन जोडिन् । यसैगरी एडेल जिमुनुले १३,काय एन्दिरायाले ११ र नताशा एमटोम्बाले १० रन जोडे ।

पाकिस्तानका लागि एनोशा नसिरले दुई तथा तथा अरिशा नुर र लाइबा नसिरले समान एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।