चैत्र १६, २०८२ सोमबार | ०४:११:४२
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

सुदुरपश्चिम फाइनलमा

काठमाडौ । सुदुरपश्चिम प्रदेश शतप्रतिशत जित यात्रालाई लगातार पाँचौ खेलसम्म निरन्तरता दिँदै वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

सुदुरपश्चिमले बुधबार सम्पन्न खेलमा मधेश प्रदेशलाई सात विकेटले हराएको थियो ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जितका लागि पाएको एक सय २३ रन सुदुरपश्चिमले १८.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । 

सुदुरपश्चिमका लागि दीपक बोहराले ५८ बलमा ६ चौका र दुई छक्का मद्दतमा सर्वाधिक ५३ रनको योगदान दिए । दीपक बोहराले २४, गजेन्द्र बोहराले अविजित २३ र सुनिल चन्दले ११ रन जोडे ।
मधेसका लागि अभिषेक तिवारीले दुई तथ साइमन रोयले एक विकेट लिए ।

पाँच खेलमा १० अंक जोडेको सुदुरपश्चिम शीर्ष स्थानमा छ भने दोस्रो स्थानको बागमती प्रदेशको चार खेलमा आठ अंक छ । त्यस्तै तेस्रो र चौथो स्थानको लुम्बिनी प्रदेश र प्रदेश एकको समान चार अंक रहेको छ । पाँचौ स्थानको कर्णाली प्रदेशको दुई अंक छ भने गण्डकी प्रदेश र मधेश प्रदेश अंकविहिन छन ।

सात टोली सहभागी प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई स्थानको टोली फाइनल प्रवेश गर्नेछन ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मधेसले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै एक समय २२ रनको योगफल तयार पारेको थियो । मधेसका लागि अली अन्सारीले सर्वाधिक ३२ रनको योगदान दिए ।

त्यसैगरी इम्रान शेखले २८, मायन यादवले २३ र डब्लु मलिकले ११ रन जोडे ।

सुदुरपश्चिमका लागि नरेन साउदले पाँच, हेमन्त धामीले तीन र युवराज खत्रीले दुई विकेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो