माघ १, २०८२ बिहीबार | २२:५६:०९
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित

क्यानडा जाने क्रिकेट टिमलाई क्यानको बिदाई

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ र त्यसको तयारीका लागि विदेश भ्रमणमा निस्किना लागेको राष्ट्रिय पुरुष क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको छ । स्कटल्यान्डमा हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको तयारी गर्न नेपाली टिम भोलि क्यानडा जाँदैछ ।

भोलि क्यानडा प्रस्थान गर्ने नेपाली टिमलाई सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बिदा गरे ।

हायात प्यालेसमा सोमबार आयोजित बिदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लल लगायत उपस्थित थिए ।

क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दिप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली यसअघि नै घोषणा गरिसकेको छ ।

नेपालले लिग २ अन्तर्गत असार २७ गतेदेखि स्कटल्यान्डमै घरेलु टिमसहित नामिबियासम्मिलित त्रिदेशीय शृंखला खेल्ने तालिका छ । स्कटल्यान्ड भ्रमणअघि जुलाई ४ मा पहिलो र जुलाई ५ मा क्यानडाविरुद्ध दुई एकदिवसीय क्रिकेट खेल्ने तालिका छ ।

त्यसपछि नेपाली टिम त्यतैबाट स्कटल्यान्ड जाने छ ।

लिग तालिकाको पाँचौ स्थानमा रहेको नेपालले १६ खेलबाट सात जित, आठ हार र एक ‘टाइ’ सहित १५ अंक जोडेको छ ।

तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २० खेलबाट २८ अंक जोड्दा छैटौं स्थानमा रहेको नामिबियाले १४ खेलबाट १४ अंक जोडेको छ ।

आइसिसी विश्वकप क्रिकेट लिगमा अब नेपालले २० खेल खेल्न बाँकी छ ।

नेपाली टिमः

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, आशिफ सेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमेद, किशोर महतो, पवन सर्राफ, विनोद भण्डारी


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate