चैत्र ५, २०८२ बिहीबार | २१:४९:५४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

क्यानडा जाने क्रिकेट टिमलाई क्यानको बिदाई

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ र त्यसको तयारीका लागि विदेश भ्रमणमा निस्किना लागेको राष्ट्रिय पुरुष क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको छ । स्कटल्यान्डमा हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको तयारी गर्न नेपाली टिम भोलि क्यानडा जाँदैछ ।

भोलि क्यानडा प्रस्थान गर्ने नेपाली टिमलाई सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बिदा गरे ।

हायात प्यालेसमा सोमबार आयोजित बिदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लल लगायत उपस्थित थिए ।

क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दिप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली यसअघि नै घोषणा गरिसकेको छ ।

नेपालले लिग २ अन्तर्गत असार २७ गतेदेखि स्कटल्यान्डमै घरेलु टिमसहित नामिबियासम्मिलित त्रिदेशीय शृंखला खेल्ने तालिका छ । स्कटल्यान्ड भ्रमणअघि जुलाई ४ मा पहिलो र जुलाई ५ मा क्यानडाविरुद्ध दुई एकदिवसीय क्रिकेट खेल्ने तालिका छ ।

त्यसपछि नेपाली टिम त्यतैबाट स्कटल्यान्ड जाने छ ।

लिग तालिकाको पाँचौ स्थानमा रहेको नेपालले १६ खेलबाट सात जित, आठ हार र एक ‘टाइ’ सहित १५ अंक जोडेको छ ।

तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २० खेलबाट २८ अंक जोड्दा छैटौं स्थानमा रहेको नामिबियाले १४ खेलबाट १४ अंक जोडेको छ ।

आइसिसी विश्वकप क्रिकेट लिगमा अब नेपालले २० खेल खेल्न बाँकी छ ।

नेपाली टिमः

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, आशिफ सेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमेद, किशोर महतो, पवन सर्राफ, विनोद भण्डारी


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो