दुबई । इङ्लिस टेस्ट टोलीका कप्तान जो रुट आइसिसी ‘टेस्ट क्रिकेटर अफ दि इयर’ घोषित भएका छन् ।
सन् २०२१ मा १५ टेस्ट खेलमा रुटको ब्याटबाट एक हजार सात सय आठ रन बने र बलिङमा १४ विकेट निस्किए । यसक्रममा रुटले ६ शतक प्रहार गरे र बलिङमा एकै इनिङमा पाँच विकेट समेत लिए ।
रुट एक क्यालेन्डर वर्षमा एक हजार सात सय रन प्रहार गर्ने तेस्रो खेलाडी बने । यसअघि पाकिस्तानका ब्याटर मोहम्मद युसुफ र वेस्ट इन्डिजका सर भिभियन रिचर्ड्सले मात्रै एक वर्षमा एक हजार सात सय रन बनाएका थिए ।
चेन्नईमा भएको चार खेलको टेस्ट शृंखलाको पहिलो खेलमा घरेलु टोलीविरुद्ध दुई सय १८ रनको इनिङ रुटको स्मरणयोग्य खेलको रुपमा रह्यो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
