पुस ५, २०८२ आइतबार | १७:३९:३१
केपिएलको तेस्रो सिजन फागुनमा एसेज हारे पनि स्टोक्सले इङ्ल्यान्डको कप्तानी नछोड्ने लिनिङ बास्केटबलमा १२ टिम महालक्ष्मी तेस्रो वडाकपमा सैलेन्द्र च्याम्पियन थन्डरबोल्ट्स छात्रा फुटसलमा एभिएम च्याम्पियन रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख केपिएलको तेस्रो सिजन फागुनमा एसेज हारे पनि स्टोक्सले इङ्ल्यान्डको कप्तानी नछोड्ने लिनिङ बास्केटबलमा १२ टिम महालक्ष्मी तेस्रो वडाकपमा सैलेन्द्र च्याम्पियन थन्डरबोल्ट्स छात्रा फुटसलमा एभिएम च्याम्पियन रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख

केपिएलको तेस्रो सिजन फागुनमा

काठमाडौंं । कोशी प्राइड प्रालीको आयोजनामा प्रदेश स्तरको फ्रेन्चाइज प्रतियोगिता कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करण फागुन ९ देखि २१ गतेसम्म हुने भएको छ ।

‘नेपाल क्रिकेट संघ (क्यान), क्यानका सचिव पारस खड्का र कोशी प्रदेश क्रिकेट संघको हौसलामा’ गरिन लागेको भन्दै प्रतियोगितामा सात फ्रेन्चाइज टोलीको सहभागिता रहने केपिएलका निर्देशक अफजल हुसेनले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

हुसेनका अनुसार प्रतियोगितामा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपरकिंग्स, एभरेष्ट थन्डर्स, बिएन कोशी अर्नास र गोर्खा एभेन्जर्सको सहभागिता रहनेछ ।

हुसेनले सबै सात फ्रेन्चाइज टोलीका मालिकको नाम पनि पत्रकार सम्मेलनमै सार्वजनिक गरे । जसअनुसार नमुना ब्लास्टर्सको मालिक धर्म न्यौपाने छन् भने इटहरी आदर्श जायन्ट्सका मालिक कल्पित ढकाल हुन् ।

यसैगरी बिर्तामोड हिट्स अनुराग प्रमानिकको स्वामित्वमा रहँदा पूर्वेली सुपरकिंग्सका मालिक भरत कार्की रहेका छन् । त्यस्तै एभरेष्ट थन्डर्सका मालिक आकाश खड्का हुन भने बिएन कोसी अर्नासका मालिक मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सको मालिक विजय खड्का र पुजनबाबु भट्टराई रहेको हुसेनले जानकारी गराए ।

उनका अनुसार प्रतियोगिताका सहभागी प्रत्येक टोलीमा कम्तिमा ११ खेलाडी राख्नुपर्ने नियम छ । जसमा एक मार्की, एक आइकोनिक, तीन राष्ट्रिय टिमका खेलाडी ड्राफ्टबाट छान्नुपर्ने, क्याटेगोरी ‘ए’ का तीन, क्याटेगोरी ‘बी’ का दुई तथा क्याटेगोरी ‘सी’ का एक खेलाडी रहनुपर्ने प्रावधान छ । 

टिम निर्माणका लागि चाँडै अक्सन गर्ने उनले बताए । अक्सनका लागि आयोजकले खुल्ला खेलाडी दर्ता प्रक्रिया सुरु गरिसकेको छ । खेलाडीले आफ्नो नाम दर्ता माइपे एपबाट गर्न सक्नेछन् । अक्सनमा क्याटगोरी क्याटगोरी ‘ए’ को मुल्य न्युनतम ४५ देखि ६५ हजारसम्म, क्याटगोरी ‘बी’ को लागि २५ देखि ४५ हजारसम्म तथा क्याटगोरी ‘सी’ को मुल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको छ ।

प्रतियोगिताका मुख्य अतिथि क्यानका सचिव पारस खड्काले कोशी प्राइड लिग भव्य सफलताको लागि शुभकामना दिए । ‘घरेलु क्रिकेटलाई व्यवसायिक बनाउन यस्तो प्रतियोगिता हुनु राम्रो कुरा हो । कोशी प्राइड लिग तेस्रो संस्करण हुँदैछ । त्यसको लागि टिमलाई शुभकामना छ,’ सचिव खड्काले भने, ‘आफैले निजि मैदानलाई परिपक्क बनाएर प्रतियोगिता गर्दै हुनुहुन्छ । कोशी प्राइड लिग हुँदा अन्य प्रदेशलाई पनि यस्तै बिगेस्ट लिग गर्न अवसर छ ।’

प्रतियोगिताको संयोजक गोविन्द पौडेलले कोशी प्राइड लिग क्रिकेट प्रतियोगिता मात्र नभई युवा प्रतिभाको पाहिचान गर्ने स्थलो भएको र यसले  नेपाली क्रिकेट विकासमा मद्धत गर्ने धारणा राखे ।

सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष तथा टेक्निकल हेड चेतनाथ पौडेलले कोशीले क्यान निलम्बन हुँदा पनि प्रतियोगिता आायोजना गर्दै आएको र यो लिगले खेलाडीको क्षमता बढाउन सहयोग पुग्ने बताएका छन् । ‘हामीले लामो समय देखि कोशीमा विभिन्न प्रतियोगिता गर्दै आइरहेका छौं । क्यान निलम्बन हुँदा समेत सुनसरीमा लिग गर्न सफल भएको थियौ । कोशीमै गतिलो मैदान नहुँदा कोशी प्राइड लिग हुनु सुखद् हो । यसले खेलाडीलाई सुसज्जित बनाउन तथा ब्यक्तिगत क्षमता बढाउन सहयोग गर्नेछ ।

झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रबिन थापाले एनपिएलको चर्चापछि धेरै स्थानीय लिग सुरु हुँदै गएको बताए । उनले एनपिएलमा खेल्न नपाएका खेलाडीको लागि यो प्रतियोगितामा क्षमता देखाउने माध्यम  भएको बताएका छन् । ‘दोस्रो एनपिएल भर्खरै सम्पन्न भएको छ ।  एनपिएलको चर्चा  पछि धेरै प्रतियोगिता भएका छन् ।  निरन्तर गर्न सक्नु नै ठूलो कुरा हो । कोशी प्राइड लिग प्रतियोगिता एनपिएलमा सहभागी नभएका खेलाडीकोलाई मौका समेत हो ।’

‘यही प्रतियोगिताबाट कोशी प्रदेश क्रिकेटको विकाससँगै ग्रासरुट कार्यक्रम राम्रो हुनेमा आशावादी छौं । यही प्रतियोगिताबाट नेपालीको सपना बनेको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि नयाँ खेलाडी उत्पादन हुने हाम्रो विश्वास छ । हामीले प्रतियोगिताका लागि तयारी भव्य रुपमा अगाडि बढाएका छौ,’ प्रतियोगिताका निर्देशक हुसेनले भने ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I