काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको अक्सनमा अलराउन्डर आदिल अन्सारीसहित आठ क्रिकेटर ‘ए’ श्रेणीमा परेका छन् ।
प्रतिबन्धका कारण आदिलले एनपिएलको पहिलो संस्करण गुमाएका थिए । अदालतबाट सफाइ पाएपछि उनी यो वर्ष अक्सनमा समावेश भएका हुन् ।
उनीसँगै ‘ए’ श्रेणीमा सुनाम गौतम, सूर्य तामाङ,शरद भेषवाकर, पवन सराफ, देव खनाल, दीलिप नाथ र अर्जुन साउद छन् ।
एनपिएलको पहिलो संस्करणमा अर्जुन र सूर्य लुम्बिनी लायन्स तथा दिलिप र सुनम पोखरा एभेन्जर्समा थिए । चोटका कारण सुनमले भने एनपिएल गुमाएका थिए ।
देवले कर्णाली याक्स, शरदले चितवन राइनोजको प्रतिनिधित्व गर्दा चोटका कारण पवनले एनपिएल खेल्न पाएका थिएनन्।
अक्सन शनिबार हुनेछ। अक्सनबाट श्रेणी ‘ए’ का चार खेलाडीमा मात्र बोली लाग्ने छ । तर, दोस्रो चरणको अक्सनमा ए श्रेणीमा बोली नलागेका खेलाडी स्वतः ‘बी’ श्रेणीमा झर्नेछन् ।
एनपिएलको मिनी अक्सनमा १५० खेलाडी समावेश छन् । जसबाट ३७ खेलाडीमा मात्र बोली लाग्नेछ ।