श्रावण २४, २०८२ शनिबार | १७:४३:२५
पवन सराफ कर्णाली याक्समा सूर्य विराटनगरमा चितवन लागे अर्जुन हेमन्त सुदूरपश्चिममा दिलिप नाथ लुम्बिनीमा देव खनाल चितवन राइनोजमा उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा पवन सराफ कर्णाली याक्समा सूर्य विराटनगरमा चितवन लागे अर्जुन हेमन्त सुदूरपश्चिममा दिलिप नाथ लुम्बिनीमा देव खनाल चितवन राइनोजमा उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा

यु-१६ क्रिकेट टोलीका सदस्य प्रसिद्ध जैसीसहित पाँच क्रिकेटकर्मी सम्मानित

सम्मानित हुने क्रिकेटकर्मी, तस्विरः केशव थापा ।

काठमाडौं । नेपाल यु-१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैसीसहित पाँच क्रिकेटकर्मी सम्मानित भएका छन् ।

काठाडौं जिल्ला क्रिकेट संघले बुधबार आफ्नो छैटौं वार्षिक साधारण सभाका दौरान उनीहरूलाई सम्मान गरेको हो ।

काठमाडौं जिल्ला तथा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने प्रसिद्धले एसिसी यु-१६ इस्टर्न जोन कपमा नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए । उनले प्रतियोगिताका ६ खेलमा समान एक शतक र अर्धशतसहित २४६ रन प्रहार गरेका थिए ।

सोहि अवसरमा महिला टिमकी खेलाडी कृष्मा गुरुङ, आइसिसी अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र मुख्य प्रशिक्षक सामसनजंग थापालाई पनि सम्मान गरिएको थियो ।

 प्रसिद्ध र कृष्माले दुवैले समान जनही ५ हजार  रुपैयाँ प्राप्त गरे । 

उनीहरूलाई बागमती प्रदेशका सभाका सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घले नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, केन्द्रीय सदस्य दुर्गानाथ पाठक, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचन, क्यानका पूर्वसचिव अशोकनाथ प्याकुरेललगायतले सम्मान गरेका थिए ।

अध्यक्ष घलेले  संघले वर्षभरि ६ कार्यक्रम गराउन सफल भएको बताए । संघले प्रधानमन्त्री कप पुरुष छनोट, प्रधानमन्त्री कप महिला छनोट, यु-१९ पुरुष छनोट, दोस्रो जयकुमार नाथ शाह स्मृति अन्तरविद्यालय प्रतियोगिता (एसिसी यु-१६ इस्ट जोन कप छनोट), आइसिसी यु-१९ महिला विश्वकप र एसिया कप छनोट तथा ‘ओ’ लेभल अम्पायर तथा प्रशिक्षक कोर्स आयोजना गरेको थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?