चैत्र १६, २०८२ सोमबार | ०८:५६:१९
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

सुदूरपश्चिमको तेस्रो जित, किरण ठगुन्नाको शतक

काठमाडौं । किरण ठगुन्नाको शतकप्रेरित सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार कोशी प्रदेशविरुद्ध ३१ रनको जित निकालेको छ ।  

जितसँगै आठ खेलमा ६ अंक जोडेको सुदूरपश्चिम सातौं स्थानमा छ । पराजित कोशी समान खेलबाट दुई अंकका साथ नवौं स्थानमा छ ।

दाङको देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको २४३ रनको लक्ष्य पछ्याएको कोशी ४५.१ ओभरमा २११ रनमा समेटियो ।

कोशीका लागि शकिब हकले ६६ बलमा ११ चौकाको मद्दतले सर्वाधिक ६२ रनको योगदान गरे । यसैगरी कप्तान अंकित सुवेदी र समीर कार्कीले समान ३८, आइस भट्टराईले ३६ र दीपेश कँडेलले १४ रन बनाए ।

दोस्रो विकेटका लागि शकिब र आइसले ८३ रनको साझेदारी गरेका थिए । सुदूरपश्चिमका लागि सूर्य श्रेष्ठले तीन, भोजराज भट्टले दुई तथा शेर मल्ल, नारायण जोशी र राहुल भण्डारीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदर्शले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै २४२ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले ९१ बलमा १२ चौका र चार छक्काको मद्दतले सर्वाधिक ११५ रनको योगदान गरे । प्रतियोगितामा किरणको यो दोस्रो शतक हो । यसअघि उनले गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए ।

यसैगरी टेक रावतले १६, अर्जुन विकले १५ तथा कप्तान नारायण जोशी र शेर मल्लले समान १४ रन बनाए ।

सातौं विकेटका लागि किरण र नारायणले ६७ रनको साझेदारी गरेका थिए । कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले चार, फिरदोस अन्सारी र अंकित सुवेदीले समान दुई तथा दीपेश कँडेल र प्रकाश कार्कीले समान एक विकेट लिए ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो