माघ १९, २०८२ सोमबार | ०४:५१:५८
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिमको तेस्रो जित, किरण ठगुन्नाको शतक

काठमाडौं । किरण ठगुन्नाको शतकप्रेरित सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार कोशी प्रदेशविरुद्ध ३१ रनको जित निकालेको छ ।  

जितसँगै आठ खेलमा ६ अंक जोडेको सुदूरपश्चिम सातौं स्थानमा छ । पराजित कोशी समान खेलबाट दुई अंकका साथ नवौं स्थानमा छ ।

दाङको देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको २४३ रनको लक्ष्य पछ्याएको कोशी ४५.१ ओभरमा २११ रनमा समेटियो ।

कोशीका लागि शकिब हकले ६६ बलमा ११ चौकाको मद्दतले सर्वाधिक ६२ रनको योगदान गरे । यसैगरी कप्तान अंकित सुवेदी र समीर कार्कीले समान ३८, आइस भट्टराईले ३६ र दीपेश कँडेलले १४ रन बनाए ।

दोस्रो विकेटका लागि शकिब र आइसले ८३ रनको साझेदारी गरेका थिए । सुदूरपश्चिमका लागि सूर्य श्रेष्ठले तीन, भोजराज भट्टले दुई तथा शेर मल्ल, नारायण जोशी र राहुल भण्डारीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदर्शले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै २४२ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले ९१ बलमा १२ चौका र चार छक्काको मद्दतले सर्वाधिक ११५ रनको योगदान गरे । प्रतियोगितामा किरणको यो दोस्रो शतक हो । यसअघि उनले गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए ।

यसैगरी टेक रावतले १६, अर्जुन विकले १५ तथा कप्तान नारायण जोशी र शेर मल्लले समान १४ रन बनाए ।

सातौं विकेटका लागि किरण र नारायणले ६७ रनको साझेदारी गरेका थिए । कोशीका लागि ज्ञानेन्द्र श्रेष्ठले चार, फिरदोस अन्सारी र अंकित सुवेदीले समान दुई तथा दीपेश कँडेल र प्रकाश कार्कीले समान एक विकेट लिए ।  


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।