चैत्र १२, २०८२ बिहीबार | १६:०६:१४
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा पाकिस्तानविरुद्ध दुई विकेटको जित निकालेको छ ।

जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ ।

सोमबार मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको २०४ रनको लक्ष्य अस्ट्रेलियाले ३३.३ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

अस्ट्रेलियाका लागि जोश इङ्लिसले ४९, स्टिभ स्मिथले ४४, कप्तान प्याट कमिन्सले अविजित ३२, ज्याक फ्रेसर म्याकग्रुक र मार्नुस लाबुसेनले समान १६, सेन एबोटले १३ र आरोन हार्डीले १० रन बनाए ।

तेस्रो विकेटका लागि इङ्लिस र स्मिथले ८५ रनको साझेदारी गरे । पाकिस्तानका लागि हरिस रौफले तीन, शहिन शाह अफ्रिदीले दुई तथा नसिम शाह र मोहम्मद हस्नैनले समान एक विकेट लिए ।

अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै बाबर आजम । 

त्यसअघि टस हरेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २०३ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि कप्तान मोहम्मद रिजवानले ४४, नशिम शाहले ४०, बाबर आजमले ३७, शहिन शाह अफ्रिदीले २४, इर्फान खानले २२ तथा अब्दुल्लाह शफिक र सलमान अघाले समान १२ रन बनाए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्चले तीन, एडम जाम्पा र प्याट कमिन्सले समान तीन तथा सेन एबोट र मार्नुस लाबुसेनले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो