काठमाडौं । मिक्समान्डुले भक्तवीर सिंह तुलाधर फाउन्डेसन इन्डोर टी-१० क्रिकेट च्याम्पियनसिपको उपाधी जितेको छ ।
मिक्समान्डुले शनिबार सम्पन्न फाइनलमा मिक्समाण्डु लेजेन्ड्सलाई १४ रनले पराजित गर्यो ।
रातोपुलस्थित भेलोसिटी एरिना इन्डोर क्रिकेटमा मिक्समाण्डु प्रस्तुत गरेको ११२ रनको लक्ष्य पछ्याएको लिजेन्ड्सले १० ओभर जै ब्याटिङ गरे पनि तीन विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो । लिजेन्ड्सका लागि विवेक रानामगरले सर्वाधिक ५३ रन बनाए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मिक्समाण्डुले निर्धारित १० ओभरमा सात विकेट गुमाउँदै १११ रनको योगफ तयार पारेको थियो ।
मिक्समाण्डुका लागि इशान पाण्डेले ३५ तथा रित गौतमले ३२ रन बनाए ।
च्याम्पियन मिक्समाण्डुले १ लाख ८० हजार रुपैयाँ, ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्यो । उपविजेता लिजेन्ड्सले ८० हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र पायो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चुनिएका विधान श्रेष्ठले १० हजार रुपैयाँ पाए । ब्याकयार्ड ब्रुका सन्देश कार्कीले उत्कृष्ट ब्याटर तथा जगायो ११ का ललितसिंह भण्डारीले उत्कृष्ट बलर चुनिदै ५ हजार रुपैयाँ प्राप्त गरे ।
यसैगरी उत्कृष्ट फिल्डर चुनिएका महेश विष्टलाई २ हजार रुपैयाँ प्रदान गरियो ।
कटिया हाउस प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा १७ टोलीको सहभागीता थियो ।