माघ १८, २०८२ आइतबार | १०:३३:३७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

बंगलादेशको सहज जित

काठमाडौं । एसिसी महिला ट्वान्टी-२० एसिया कपमा समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार बंगलादेशले मलेसियाविरुद्ध ११४ रनको जित निकालेको छ ।

जितसँगै बंगलादेशले तीन खेलबाट चार अंक जोडेको छ। तीनै खेलमा पराजित मलेसिया अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै ७७ रन मात्र बनाउन सक्यो ।

मलेसियाका लागि इल्सा हन्टरले २०, माहिरा स्माइलले १५ र वान जुलियाले ११ रन बनाए ।

बंगलादेशका लागि नाहिदा अख्तरले दुई तथा जहानारा अलाम सबिकुन जस्मिन, राबिया खान, ऋतु मोनी, स्वर्णा अख्तरले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओेभरमा दुई विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि मुर्सिदा खातुनले ५९ बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरिन् । यसैगरी कप्तान निगर सुल्तानाले  ३७ बलमा पाँचा चौका र दुई छक्काको मद्दतले अविजित ६२ र दिलरा अख्तरले ३३ रन बनाए ।

मुर्सिदाले दोस्रो विकेटका लागि निगरसँग ८९ र पहिलो विकेटका दिलरासँग ६५  रनको साझेदारी गरिन् । मलेसियका लागि माहिरा स्माइल र इल्सा हन्टरले समान एक विमेट लिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।