जेष्ठ ३१, २०८२ शुक्रबार | ०३:२३:४३
बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान मेलम्चीकाे विजयी सुरुआत नेपालको फिफा वरियता खस्कियो द माइटी साँगाचोकको लगातार दोस्रो जित बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान मेलम्चीकाे विजयी सुरुआत नेपालको फिफा वरियता खस्कियो द माइटी साँगाचोकको लगातार दोस्रो जित

लगातार तेस्रो जितसँगै वेष्ट इन्डिज सुपर-८ मा

काठमाडौं । न्युजिल्यान्डविरुद्ध १३ रनको जित निकाल्दै आयोजक वेष्ट इन्डिज आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर-८ मा प्रवेश गरेको छ ।

जितसँगै समूह ‘सी’ को वेष्ट इन्डिजले ३ खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा पराजित न्युजिल्यान्ड अंकविहिन छ ।

ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा बिहीबार वेष्ट इन्डिजले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १३६ रन बनायो ।

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ४०, फिन एलनले २६, मिचेल स्यान्टनरले अविजित २१, ड्यारिल मिचेलले १२ तथा रचिन रविन्द्र र जेम्स निशमले समान १० रन बनाए ।

वेष्ट इन्डिजका लागि अल्जारी जोसेफले ४, गुडाकेश मोतीले ३ तथा अकिल हुसेन र आन्द्रे रसेलले समान १  विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको थियो ।

वेष्ट इन्डिजका लागि शेर्फन रुथरफोर्डले ३९ बलमा ६ छक्का र २ चौकाको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी निकोलस पुरनले १७, अकिल हुसेनले १५, आन्द्रे रसेलले १४ र रोमारियो शेफर्डले १३ रन बनाए ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ३, टिम साउथी र लोकी फर्गुसनले समान २ तथा जेम्स निशम र मिचेल स्यान्टनरले समान एक विकेट लिए । 


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?