मंसिर २७, २०८२ शनिबार | ०३:४०:२०
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

लगातार तेस्रो जितसँगै वेष्ट इन्डिज सुपर-८ मा

काठमाडौं । न्युजिल्यान्डविरुद्ध १३ रनको जित निकाल्दै आयोजक वेष्ट इन्डिज आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर-८ मा प्रवेश गरेको छ ।

जितसँगै समूह ‘सी’ को वेष्ट इन्डिजले ३ खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा पराजित न्युजिल्यान्ड अंकविहिन छ ।

ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा बिहीबार वेष्ट इन्डिजले प्रस्तुत गरेको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १३६ रन बनायो ।

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ४०, फिन एलनले २६, मिचेल स्यान्टनरले अविजित २१, ड्यारिल मिचेलले १२ तथा रचिन रविन्द्र र जेम्स निशमले समान १० रन बनाए ।

वेष्ट इन्डिजका लागि अल्जारी जोसेफले ४, गुडाकेश मोतीले ३ तथा अकिल हुसेन र आन्द्रे रसेलले समान १  विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको थियो ।

वेष्ट इन्डिजका लागि शेर्फन रुथरफोर्डले ३९ बलमा ६ छक्का र २ चौकाको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी निकोलस पुरनले १७, अकिल हुसेनले १५, आन्द्रे रसेलले १४ र रोमारियो शेफर्डले १३ रन बनाए ।

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ३, टिम साउथी र लोकी फर्गुसनले समान २ तथा जेम्स निशम र मिचेल स्यान्टनरले समान एक विकेट लिए । 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II