माघ २९, २०८१ मंगलबार | ०४:४३:०३
न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित रोयल इन्फिल्ड महाराइड सम्पन्न न्युजिल्यान्डको लगातार दोस्रो जित सद्भाव र राहुल सम्मानित सहारा एकेडेमीका ६ खेलाडी बिबिसीमा मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय अधिवेशन चैत १८ देखि २० गते काठमाडौंमा हुने खुमलटारसँग बराबरीमा रोकियो मछिन्द्र सिवाइसी अत्तरिया च्याम्पियन चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो साबिक विजेता आर्मी भण्डारी र सापकोटा सम्मानित रोयल इन्फिल्ड महाराइड सम्पन्न

वेष्ट इन्डिजले दियो न्युजिल्यान्डलाई १५० रनको लक्ष्य

काठमाडौं । दुई पटकको च्याम्पियन वेष्ट इन्डिजले ट्वान्टी २० विश्वकपको आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डलाई एक सय १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङ गरेको घरेलु टोली वेष्ट इन्डिजले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर एक सय ४९ रन बनाएको हो ।

वेष्ट इन्डिजको लागि छैटौं नम्बर क्रिजमा पुगेका शेर्फन रुथेरफोर्डले सर्वाधिक ६८ रन बनाए । ३९ बलमा उनले दुई चौका र ६ छक्का प्रहार गरेका थिए । उनले अन्तिम दुई ओभरमा मात्रै ३७ रन प्रहार गरेका थिए ।  यसअघि ५.४ ओभरमा चार विकेट गुमाएर २२ रन जोडेपछि वेष्ट इन्डिज दबाबमा आएको थियो ।

प्रतियोगिताको समूह ‘सी’ मा न्युजिल्यान्ड विजयी सुरुआत गर्ने योजनामा छ । दुई पटकको च्याम्पियन वेष्ट इन्डिज तेस्रो जित निकाल्दै सुपर–८ पक्का गर्ने लक्ष्यमा छ । वेष्ट इन्डिजले पहिलो खेलमा पिएनजीलाई ५ विकेट र दोस्रो खेलमा युगान्डालाई  एक सय ३४ रनले हराएको थियो ।

समूहमा अफगानिस्तान र वेष्ट इन्डिजको समान चार अंक छ । तीन खेल खेलेको युगान्डाको दुई अंक छ । पिएनजी दुई खेलबाट बिना अंक र न्युजिल्यान्ड पहिलो खेल खेलिरहेको छ ।

विश्वकपअन्तर्गत २६औं खेलको पहिलो ओभरमै ओपनर जनसन चार्लेस डक आउट भएपछि वेष्ट इन्डिजले कमजोर सुरुवात गरेको थियो । निकोलास पुरनले १७, एकेल हुसैनले १५, आन्द्रे रसेलले १४ र रोमारियो सेफर्डले १३ रनको योगदान गरेका थिए ।

न्युजिल्यान्डको लागि ट्रेन्ट बोल्डले चार ओभरमा एक मेडनसहित १६ रन खर्चेर ३ विकेट लिएका थिए । टिम साउथी र लकी फर्गुसनले समान दुई विकेट रह्यो । 
 


भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु