चैत्र १४, २०८२ शनिबार | १८:५५:३७
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

कोलकाता तेस्रो पटक च्याम्पियन

काठमाडौं । सनराइजर्स हैदराबादविरुद्ध आठ विकेटको सहज जित निकाल्दै कोलकाता नाइटराइडर्स इन्डियन प्रिमियर लिग ( आइपिएल) को १७औं संस्करणमा च्याम्पियन बनेको छ ।

कोलकाताको यो तेस्रो आइपिएल उपाधि हो । यसअघि कोलकाता सन् २०१२ र २०१४ मा च्याम्पियन बनेको थियो ।

चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट मैदानमा आइतबार हैदराबादले प्रस्तुत गरेको ११४ रनको लक्ष्य  कोलकाताले १०.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

कोलकाताका लागि वेंकटेश अय्यरले २६ बलमा चार चौका र तीन छक्काको मद्दतले अविजित ५२ रनको योगदान गरे । यसैगरी रहमानुल्लाह गुर्बाजले ३९ रन बनाए ।

दोस्रो विकेटका लागि वेंकटेश र रहमानुल्लाहले ९१ रनको साझेदारी गरे । हैदराबादका लागि कप्तान प्याट कमिन्स र शहबाज अहमदले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको हैदराबादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल तयार पारेको थियो ।

हैदराबादका लागि प्याट कमिन्सले २४, एडेन मार्करमले २०,हेनरिच क्लासनले १६ र नितिशकुमार रेड्डीले १३ रन बनाए ।

कोलकाताका लागि आन्द्रे रसेलले तीन, मिचेल स्टार्च र  हर्षित रानाले समान दुई तथा वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवर्तीले समान एक विकेट लिए । 

यो सिजन कोलकाताले हैदराबादविरुद्ध तीन जित निकाल्यो । यसअघि कोलकाता लिग चरणमा चार तथा पहिलो क्वालिफायरमा आठ विकेटले विजयी भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो