माघ १७, २०८२ शनिबार | १६:५०:१४
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

वेस्ट इन्डिजलाई शृंखला

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखला घरेलु टोली वेस्ट इन्डिजले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

किंग्सटनस्थित सबिना पार्क क्रिकेट मैदानमा शनिबार सम्पन दोस्रो खेलमा वेस्ट इन्डिज १६ रनले विजयी भयो ।

जितसँगै वेस्ट इन्डिज तीन खेलको शृंखलामा २-० ले अगाडि बढेको छ । पहिलो खेलमा वेस्ट इन्डिज २८ रनले विजयी भएको थियो ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १९१ रन मात्र बनाउन सक्यो । 

दक्षिण अफ्रिका लागि क्विनटन डीककले ४१, रिजा हेन्ड्रिक्सले ३४, कप्तान रास्सी भान डेर डुसेनले ३०, म्याथ्यु ब्रिट्केले १२ र नकाबयोमिज पिटरले अविजित १० रन बनाए ।

पहिलो विकेटका लागि डीकक र हेन्ड्रिक्सले ८१ रनको साझेदारी गरे । वेस्ट इन्डिजका लागि गुडाकेश मोतीले तीन तथा रोस्टन चेज, अकिल हुसेन र रोमारिया शेफर्डले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २०७ रनको योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका लागि रोस्टन चेजले ३८ बलमा सात चौका र दुई छक्काको मद्दतले अविजित ६७ रन बनाए । यसैगरी कप्तान ब्रेन्डन किंगले ३६, कायल मायर्सले ३२, आन्द्रे फ्लेचरले २९ र रोमारियो शेफर्डले २६ रन बनाए ।

चेजले पाँचौं विकेटका लागि शेफर्डसँग ६३ र चौथो विकेटका लागि फ्लेचरसँग ५६ रनको साझेदारी गरे ।  दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, नकाबयोमिज पिटर र एन्डिले फेहलुक्वायोले समान दुई तथा ब्रोजन फर्ट्युनले एक विकेट लिए । 

चेजले पाँचौं विकेटका लागि शेफर्डसँग ६३ र चौथो विकेटका लागि फ्लेचरसँग ५६ रनको साझेदारी गरे । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।