चैत्र १६, २०८२ सोमबार | ०३:२५:१६
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

वेस्ट इन्डिजलाई शृंखला

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्ध अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखला घरेलु टोली वेस्ट इन्डिजले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

किंग्सटनस्थित सबिना पार्क क्रिकेट मैदानमा शनिबार सम्पन दोस्रो खेलमा वेस्ट इन्डिज १६ रनले विजयी भयो ।

जितसँगै वेस्ट इन्डिज तीन खेलको शृंखलामा २-० ले अगाडि बढेको छ । पहिलो खेलमा वेस्ट इन्डिज २८ रनले विजयी भएको थियो ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १९१ रन मात्र बनाउन सक्यो । 

दक्षिण अफ्रिका लागि क्विनटन डीककले ४१, रिजा हेन्ड्रिक्सले ३४, कप्तान रास्सी भान डेर डुसेनले ३०, म्याथ्यु ब्रिट्केले १२ र नकाबयोमिज पिटरले अविजित १० रन बनाए ।

पहिलो विकेटका लागि डीकक र हेन्ड्रिक्सले ८१ रनको साझेदारी गरे । वेस्ट इन्डिजका लागि गुडाकेश मोतीले तीन तथा रोस्टन चेज, अकिल हुसेन र रोमारिया शेफर्डले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २०७ रनको योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका लागि रोस्टन चेजले ३८ बलमा सात चौका र दुई छक्काको मद्दतले अविजित ६७ रन बनाए । यसैगरी कप्तान ब्रेन्डन किंगले ३६, कायल मायर्सले ३२, आन्द्रे फ्लेचरले २९ र रोमारियो शेफर्डले २६ रन बनाए ।

चेजले पाँचौं विकेटका लागि शेफर्डसँग ६३ र चौथो विकेटका लागि फ्लेचरसँग ५६ रनको साझेदारी गरे ।  दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, नकाबयोमिज पिटर र एन्डिले फेहलुक्वायोले समान दुई तथा ब्रोजन फर्ट्युनले एक विकेट लिए । 

चेजले पाँचौं विकेटका लागि शेफर्डसँग ६३ र चौथो विकेटका लागि फ्लेचरसँग ५६ रनको साझेदारी गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो