चैत्र ११, २०८२ बुधबार | ००:३७:३८
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

आयरल्यान्ड ‘ए’विरुद्ध ६० रनमै समेटियो नेपाल ‘ए’

काठमाडौं । आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्धको एकदिवसीय शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ले ११४ रनको फराकिलो जित निकाल्यो ।

जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा आयरल्यान्ड २१ रनले विजयी भएको थियो ।

आयरल्यान्डले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ६० रनमै समेटियो ।

नेपालका लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका पाँच ब्याटर रनको खाता पनि खोल्न नपाइ पेभेलियन फर्किए । 

आयरल्यान्ड ‘ए’ का लागि म्याथ्यु हम्फ्रेसले ४.५ ओभरमा एक मेडनसहित मात्र आठ रन खर्चिदै ६ विकेट लिए । यसैगरी थोमस मायसले र फिओन ह्याडले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले ३८.४ ओभरमा सबै विकेट गुमाउादै १७४ रनको योगफल तयार पार्यो ।

आयरल्यान्डका लागि गाभिन होएले ५९ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी कप्तान निल रकले ४५, लियम म्याकार्थीले ३५ र पिटर मोरले १७ रन बनाए ।

आठौं विकेटका लागि होए र म्याकार्थीले ५४ रनको साझेदारी गरे । नेपालका लागि रिजन ढकाल र साहब आलमले समान तीन, श्याम ढकाल (मौसम) ले दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए । 

शृंखलाको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो