माघ १५, २०८२ बिहीबार | ०९:१५:३७
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

आयरल्यान्ड ‘ए’विरुद्ध ६० रनमै समेटियो नेपाल ‘ए’

काठमाडौं । आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्धको एकदिवसीय शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ले ११४ रनको फराकिलो जित निकाल्यो ।

जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा आयरल्यान्ड २१ रनले विजयी भएको थियो ।

आयरल्यान्डले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ६० रनमै समेटियो ।

नेपालका लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका पाँच ब्याटर रनको खाता पनि खोल्न नपाइ पेभेलियन फर्किए । 

आयरल्यान्ड ‘ए’ का लागि म्याथ्यु हम्फ्रेसले ४.५ ओभरमा एक मेडनसहित मात्र आठ रन खर्चिदै ६ विकेट लिए । यसैगरी थोमस मायसले र फिओन ह्याडले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले ३८.४ ओभरमा सबै विकेट गुमाउादै १७४ रनको योगफल तयार पार्यो ।

आयरल्यान्डका लागि गाभिन होएले ५९ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी कप्तान निल रकले ४५, लियम म्याकार्थीले ३५ र पिटर मोरले १७ रन बनाए ।

आठौं विकेटका लागि होए र म्याकार्थीले ५४ रनको साझेदारी गरे । नेपालका लागि रिजन ढकाल र साहब आलमले समान तीन, श्याम ढकाल (मौसम) ले दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए । 

शृंखलाको तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।