चैत्र ७, २०८२ शनिबार | २०:५१:३२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

कोशी प्रदेश ट्रफीः लुम्बिनी र कर्णाली विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेसनल राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा बुधबार लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा दिनको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गर्यो ।

लुम्बिनीले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पाएको सुदुरपश्चिमले १७.१ ओभरमा १११ रनमा समेटियो । सुदुरपश्चिमका लागि नरेन भट्टले १९ र अविशेक पलले १८ रनको योगदान दिए  ।

लुम्बिनीका लगि निर्मल गुरुङले तीन तथान वीर मगर र राहुल चौहानले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पर्यो । लुम्बिनीका लागि विशालविक्रम केसीले ३१ बलमा चार छक्का र एक चौकाको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरे । यसैगरी कप्तान देव खनालले ४५ र दिलसाद अलीले ३१ रन बनाए ।

सुदूरपश्चिमका लागि नरेन साउदले दुई तथा हेमन्त धामी, दीपक बोहोरा र शेर मल्लले समान एक विकेट लिए ।

दोस्रो खेलमा कर्णालीले मधेश प्रदेशलाई तीन विकेटले हरायो । मधेशले प्रस्तुत गरेको ९१ को सामान्य लक्ष्य कर्णालीले १५.४ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीका लागि हिमान्सु शाहीले, ३४, अर्जुन घर्तीले १४  र रविन्द्र शाहीले १२ रन बनाए ।

मधेशका रन्जित कुमारले तीन तथा हरिशंकर शाहले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ९० रनको योगफल तयार पार्यो । मधेशका लिग प्रदिप पासवानले सर्वाधिक १८, अविशेक तिवारीले १२, राजेश यादवले अविजित ११र अर्निको यादवले ११ रनको बनाए ।

कर्णलीका लागि दिवान पुनले तीन तथा दिनेश अधिकारी र अनुज चहरा समान दुई विकेट लिए ।

बिहीबार लुम्बिनी र गण्डकी तथा काशी र मधेश प्रदेश प्रतिस्पधौ गर्नेछन् र 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो