चैत्र १४, २०८२ शनिबार | १७:००:४३
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

मनमोहन मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेटः उद्घाटन खेलमा गण्डकी र कर्णाली भिड्ने

काठमाडौं । मनमोहन मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण माघ २८ देखि फागुन ७ सम्म हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को वार्षीक क्यालेन्डरमा समावेश प्रतियोगितामा सात प्रदेश तथा आयोजक गरी आठ टोलीले सहभागिता जाउनेछन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र कर्णाली प्रदेश भिड्नेछन् । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

प्रतियोसिगताका सबै खेलहरु काष्ठमण्डप टेलिभिजन एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।

२५ ओभरको प्रतियोगितमा कुल १५ खेलहरु (१२ समूह चरण, दुई सेमिफाइनल र एक फाइनल) हुनेछन् । प्रत्येक टोलीमा १४ खेलाडी र दुई टिम व्यवस्थापक सहित १६ जना गरी कुल १२८ खेलाडी सहभागी हुनेछन् ।

खेलाडी र टिम व्यवस्थापकको खेल पोसाक,बसोबास, खाना खाजा, यतायात खर्च आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले नै गर्नेछ ।

जिल्ला क्रिकेट संघको समन्वयमा खुल्ला प्रतिस्पर्धाबाट खेलाडीको प्रारम्भिक छनोट र प्रादेशिक क्रिकेट संघको समन्वयमा प्रदेश टिमका खेलाडी छनोट कार्य भइरहेका छन् ।  माघ २६ गतेसम्म सबै टिमका खेलाडी छनोट सम्पन्न हुनेछन् । खेलाडी छनोटका लागि आयेजकबाट प्रत्येक प्रादेशिक क्रिकेट संघलाई सहयोग स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ‘ख’मा मधेश, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको विजेताले ट्रफी, खेल सामाग्री, मेडल र प्रमाणपत्रसहित १ लाख रुपैयाँ तथा उपविजेताले ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्रसहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका अघिल्ला दुई संस्करण २०७५ र २०७५ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको थियो ।

खेल तालिका

आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष तथा सांसद ठाकुर गैरले प्रतियोगितालाई वार्षीक क्यालेन्डरमा समावेश गरेकोमा क्यानलाई धन्यवाद दिएका छन् ।

‘प्रतियोगितालाई वार्षीक क्यालेन्डमा समावेश गरिदिएकोमा क्यानलाई धेरै-धेरै धन्यवाद । सबैको साथ र सहयोगले दुई संस्करण सम्पन्न भइसकेका छन्,’ गैरेले भने,‘कोभिड र निर्वाचका करणबीचमा प्रतियोगिता गर्न सकिएन । अब निरन्तरता दिनेछौं । यु-१६ मा खासै प्रतियोगिता नहुने भएकाले हामीले सुरुआत गरेका हौं । यो प्रतियोगिता खेलेका कयौं खेलाडीले राष्ट्रिय स्तरमा राम्रो छाप छाडिसकेका छन् । यसले पनि हौसला प्रदान गरेको छ । खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने उदेश्य हो ।’

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्यानका केन्द्रिय सदस्य सुदीप शर्मा र यु-१९ राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाको पनि उपस्थिती थियो ।

प्रशिक्षक टमाटाले उमेर समूह क्रिकेटको आधार रहेकाले यस्ता प्रतियोगिता हुनुपर्ने बताए । ‘उमेर समूह भनेको क्रिकेटको आधार हो । प्रतियोगिता आयोजना गरिदिएकोमा धन्यवाद । यसले निरन्तरता पाइरहोस्,’ प्रशिक्षक टमाटाले भने,‘ यो प्रतियोगिताले राम्रो खेलाडी उत्पदनमा सहयोग गरिहेको छ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो