माघ १६, २०८२ शुक्रबार | ०७:३८:१४
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

मनमोहन मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेटः उद्घाटन खेलमा गण्डकी र कर्णाली भिड्ने

काठमाडौं । मनमोहन मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण माघ २८ देखि फागुन ७ सम्म हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को वार्षीक क्यालेन्डरमा समावेश प्रतियोगितामा सात प्रदेश तथा आयोजक गरी आठ टोलीले सहभागिता जाउनेछन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र कर्णाली प्रदेश भिड्नेछन् । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

प्रतियोसिगताका सबै खेलहरु काष्ठमण्डप टेलिभिजन एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।

२५ ओभरको प्रतियोगितमा कुल १५ खेलहरु (१२ समूह चरण, दुई सेमिफाइनल र एक फाइनल) हुनेछन् । प्रत्येक टोलीमा १४ खेलाडी र दुई टिम व्यवस्थापक सहित १६ जना गरी कुल १२८ खेलाडी सहभागी हुनेछन् ।

खेलाडी र टिम व्यवस्थापकको खेल पोसाक,बसोबास, खाना खाजा, यतायात खर्च आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले नै गर्नेछ ।

जिल्ला क्रिकेट संघको समन्वयमा खुल्ला प्रतिस्पर्धाबाट खेलाडीको प्रारम्भिक छनोट र प्रादेशिक क्रिकेट संघको समन्वयमा प्रदेश टिमका खेलाडी छनोट कार्य भइरहेका छन् ।  माघ २६ गतेसम्म सबै टिमका खेलाडी छनोट सम्पन्न हुनेछन् । खेलाडी छनोटका लागि आयेजकबाट प्रत्येक प्रादेशिक क्रिकेट संघलाई सहयोग स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ‘ख’मा मधेश, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको विजेताले ट्रफी, खेल सामाग्री, मेडल र प्रमाणपत्रसहित १ लाख रुपैयाँ तथा उपविजेताले ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्रसहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका अघिल्ला दुई संस्करण २०७५ र २०७५ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको थियो ।

खेल तालिका

आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष तथा सांसद ठाकुर गैरले प्रतियोगितालाई वार्षीक क्यालेन्डरमा समावेश गरेकोमा क्यानलाई धन्यवाद दिएका छन् ।

‘प्रतियोगितालाई वार्षीक क्यालेन्डमा समावेश गरिदिएकोमा क्यानलाई धेरै-धेरै धन्यवाद । सबैको साथ र सहयोगले दुई संस्करण सम्पन्न भइसकेका छन्,’ गैरेले भने,‘कोभिड र निर्वाचका करणबीचमा प्रतियोगिता गर्न सकिएन । अब निरन्तरता दिनेछौं । यु-१६ मा खासै प्रतियोगिता नहुने भएकाले हामीले सुरुआत गरेका हौं । यो प्रतियोगिता खेलेका कयौं खेलाडीले राष्ट्रिय स्तरमा राम्रो छाप छाडिसकेका छन् । यसले पनि हौसला प्रदान गरेको छ । खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने उदेश्य हो ।’

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्यानका केन्द्रिय सदस्य सुदीप शर्मा र यु-१९ राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाको पनि उपस्थिती थियो ।

प्रशिक्षक टमाटाले उमेर समूह क्रिकेटको आधार रहेकाले यस्ता प्रतियोगिता हुनुपर्ने बताए । ‘उमेर समूह भनेको क्रिकेटको आधार हो । प्रतियोगिता आयोजना गरिदिएकोमा धन्यवाद । यसले निरन्तरता पाइरहोस्,’ प्रशिक्षक टमाटाले भने,‘ यो प्रतियोगिताले राम्रो खेलाडी उत्पदनमा सहयोग गरिहेको छ ।’

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।