मंसिर १८, २०८२ बिहीबार | १८:०८:४१
चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य पोखराविरुद्ध भिमको पनि अर्धशतक, काठमाडौं बलियो लक्ष्यतर्फ अग्रसर पोखराविरुद्ध चार्लस्वर्थको अर्धशतक, काठमाडौंको एक सय रन पूरा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य पोखराविरुद्ध भिमको पनि अर्धशतक, काठमाडौं बलियो लक्ष्यतर्फ अग्रसर पोखराविरुद्ध चार्लस्वर्थको अर्धशतक, काठमाडौंको एक सय रन पूरा

रोमाञ्चक जित निकाल्दै नेपाल सुपर सिक्समा

काठमाडौं ।  समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि एक विकेट विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल आइसिसी यु-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ ।

जितसँगै  नेपालले तीन खेलमा दुई अंक जोडेको नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा रह्यो । तीन खेलमा पराजय ब्यहोरेको अफगानिस्तान अंकविहिन रहँदै बाहिरियो ।

दक्षिण अफ्रिकाका इस्ट लन्डनस्थित बफेलो पार्कमा शुक्रबार अफगानिस्तानले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा नौ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि कप्तान देव खनालले ८९ बलमा सात चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान गरे । यसैगरी दीपक बोहराले २७, आकाश त्रिपाठीले १६ र अर्जुन कुमालले १० रन बनाए ।

चौंथो विकेटका लागि देव र आकाशले ४९ रनको साझेदारी गरे । अफगानिस्तानका लागि फ्रिडोन दाउदजाइले तीन,  खलिल अहमद, कप्तान नासिर खान मारुफखिलले समान दुई तथा अल्लाह मोहम्मद घनजफर र अरब गुलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले ओभरमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४५ रनको योगफल तयार पारेको थियो ।

अफगानिस्तानका लागि अल्लाह मोहम्मद घनजफरले ३७, कप्तान नासिर खान मारुफखिलले ३१, फ्रिडोन दाउदजाइले २९ र हसन इसाखिलले २० रन बनाए । नवौं विकेटका लागि मारुफखिल र दाउदजाइले ५५ रनको साझेदारी गरे ।

नेपालका लागि आकाश चन्दले आठ ओभरमा ३४ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलकराज भण्डारीले समान एक विकेट लिए ।

यसअघि नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पाकिस्तानसँग १ सय ८१ रन र न्युजिल्यान्डसँग एक विकेटले पराजित भएको थियो । 
 


भिडियो
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||