चैत्र १२, २०८२ बिहीबार | १९:२८:५१
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

एकदिवसीय विश्वकपः दक्षिण अफ्रिकामाथि भारतको फराकिलो जित

काठमाडौं ।  घरेलु टोली भारतले आइसिसी एकदिवसीय विश्वकपमा आइतबार दक्षिण अफ्रिकामाथि २ सय ४३ रनको फराकिलो जित निकालेको छ ।

लगातार आठौं जित निकालेको भारत १६ अंकका साथ शीर्ष स्थानमा कायम छ । दोस्रो पराजय व्यहोरेको दक्षिण अफ्रिका समान खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा छ ।

कोलकातास्थित इडेन गार्डेनमा भारतले प्रस्तुत गरेको ३ सय २७ रनको लक्ष्य पछ्याएको २७.१ ओभरमा ८३ रनमै समेटियो ।

दक्षिण अफ्रिकाका लागि मार्को यानसनले १४, रास्सी भान डेर डुसेनले १३ तथा कप्तान टेम्बा बाभुमा र डेविड मिलरले समान ११ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजाले नौ ओभरमा एक मेडनसहित ३३ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी मोहम्मद शामी र कुलदिप यादवले समान दुई तथा मोहम्मद सिराजले एक विकेट हात पारे।

त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३ सय २६ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि विराट कोहलीले १ सय २१ बलमा १० चौकाको मद्दतले अविजित १ सय १ रनको योगदान गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा विराटको यो ४९ औं शतक हो । यससँगै उनले सचिन तेन्दुल्करको कीर्तिमान बराबरी गरेका छन् ।

यसैगरी श्रेयश अय्यरले ८७ बलमा सात चौका र दुई छक्काको मद्दतले ७७, कप्तान रोहित शर्माले ४०, रविन्द्र जडेजाले अविजित २९, शुभमन गिलले २३ र  सूर्यकुमार यादवले २२ रन बनाए  ।

तेस्रो विकेटका लागि विराट र श्रेयशले १ सय ३४ तथा पहिलो विकेटका लागि रोहित र शुभमनले ६२ रनको साझेदारी  गरे ।

दक्षिण अफ्रिकाका लागि लुङ्गी एनगिडी, मार्को यानसन, कागिसो रबाडा, केशव महाराज र तावरेज शाम्सीले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो