माघ १८, २०८२ आइतबार | २२:२९:१९
अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

एकदिवसीय विश्वकपः दक्षिण अफ्रिकामाथि भारतको फराकिलो जित

काठमाडौं ।  घरेलु टोली भारतले आइसिसी एकदिवसीय विश्वकपमा आइतबार दक्षिण अफ्रिकामाथि २ सय ४३ रनको फराकिलो जित निकालेको छ ।

लगातार आठौं जित निकालेको भारत १६ अंकका साथ शीर्ष स्थानमा कायम छ । दोस्रो पराजय व्यहोरेको दक्षिण अफ्रिका समान खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा छ ।

कोलकातास्थित इडेन गार्डेनमा भारतले प्रस्तुत गरेको ३ सय २७ रनको लक्ष्य पछ्याएको २७.१ ओभरमा ८३ रनमै समेटियो ।

दक्षिण अफ्रिकाका लागि मार्को यानसनले १४, रास्सी भान डेर डुसेनले १३ तथा कप्तान टेम्बा बाभुमा र डेविड मिलरले समान ११ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजाले नौ ओभरमा एक मेडनसहित ३३ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी मोहम्मद शामी र कुलदिप यादवले समान दुई तथा मोहम्मद सिराजले एक विकेट हात पारे।

त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३ सय २६ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि विराट कोहलीले १ सय २१ बलमा १० चौकाको मद्दतले अविजित १ सय १ रनको योगदान गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा विराटको यो ४९ औं शतक हो । यससँगै उनले सचिन तेन्दुल्करको कीर्तिमान बराबरी गरेका छन् ।

यसैगरी श्रेयश अय्यरले ८७ बलमा सात चौका र दुई छक्काको मद्दतले ७७, कप्तान रोहित शर्माले ४०, रविन्द्र जडेजाले अविजित २९, शुभमन गिलले २३ र  सूर्यकुमार यादवले २२ रन बनाए  ।

तेस्रो विकेटका लागि विराट र श्रेयशले १ सय ३४ तथा पहिलो विकेटका लागि रोहित र शुभमनले ६२ रनको साझेदारी  गरे ।

दक्षिण अफ्रिकाका लागि लुङ्गी एनगिडी, मार्को यानसन, कागिसो रबाडा, केशव महाराज र तावरेज शाम्सीले समान एक विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।