मंसिर १८, २०८२ बिहीबार | १९:२२:४५
अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा

एकदिवसीय विश्वकपः पाकिस्तानले न्युजिल्यान्डलाई हरायो

काठमाडौं । पाकिस्तानले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा न्युजिल्यान्डलाई डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा २१ रनले पराजित गरेको छ ।

जितसँगै आठ खेलमा आठ अंक जोडेको पाकिस्तानले सेमिफाइनल सम्भावनालाई जिवितै राखेको छ।  लगातार चौथो पराजय व्यहोरेको न्युजिल्यान्डको पनि समान खेलबाट आठ अंक नै छ ।

बेङ्लोरस्थित एम चिन्नास्वामी क्रिकेट रंगशालामा शनिबार ४ सय २ रनको लक्ष्य पछ्याइ रहेको पाकिस्तानले २५.३ ओभरमा एक विकेट गुमाउँदै २ सय रन बनाएको अवस्थामा वर्षाका करण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सञ्चालन गर्न सम्भव नभएपछि पाकिस्तान विजयी भएको हो ।

पाकिस्तानका लागि फखर जमान ८१ बलमा ११ छक्का र आठ चौकाको मद्दतले १ सय २६ तथा कप्तान बाबर आजम ६३ बलमा ६ चौका र दुई छक्काको मद्दतले ६६ रन बनाएर खेलिरहेका थिए ।

जमान र आजमले दोस्रो विकेटका लागि १ सय ९४ रनको साझेदारी गरे । न्युजिल्यान्डका लागि एक मात्र विकेट टिम साउथीले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४ सय १ रनको योगफल तयार पारेको थियो ।

न्युजिल्यान्डका लागि रविन्द्रले ९४ बलमा १५ चौका र एक छक्काको मद्दतले सर्वाधिक १ सय ८ रनको योगदान गरे । यसैगरी केन विलियमसनले ७९ बलमा १० चौका र दुई छक्काको मद्दतले ९५, ग्लेन फिलिप्सले ४१, मार्क च्यापम्यानले ३९, डिभोन कोन्वेले ३५, ड्यारिल मिचेलले २९ र मिचेल स्यान्टनरले अविजित २६ रन बनाए ।

रचिनले दोस्रो विकेटका लागि विलियमसनसँग १ सय ८० र पहिलो विकेटका लासिग कोन्वेसँग ६८ तथा चौथो विकेटका लागि मिचेलले च्यापम्यानसँग ५७ रनको साझेदारी गरे ।

पाकिस्तानका लागि मोहम्मद वासिमले तीन, हसन अली, इफ्तिखर अहमद र हरिस रौफले समान एक विकेट लिए ।


भिडियो
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||