मंसिर १८, २०८२ बिहीबार | ०७:५८:१२
बार्सिलोनासँगको अंक दूरी घटाउँदै रियाल मड्रिड एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी बार्सिलोनासँगको अंक दूरी घटाउँदै रियाल मड्रिड एनपिएलमा आज दुई खेलः पोखरा र चितवनलाई जित्नैपर्ने दबाब, काठमाडौं र सुदूरपश्चिमको लक्ष्य क्वालिफायर विराटनगरविरुद्ध लुम्बिनीको प्रभावशाली जित, उक्लियो चौथो स्थानमा विराटनगरविरुद्ध डार्सीको अर्धशतक, लुम्बिनीको एक सय रन पूरा लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमायो लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी

भारतले दियो नेपाललाई २ सय ३ रनको लक्ष्य

फाइल तस्बिर

काठमाडौं । यशस्वी जैसवालको शतकप्रेरित भारतले चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो क्वार्टरफाइनलमा नेपालसमू २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि यशस्वीले ४९ बलमा ८ चौका र ७ छक्काको मद्दतमा १ सय रन बनाए । यसैगरी रिंकु सिंहले अविजित ३७ , शिवम दुबेले अविजित २५ र कप्तान ऋतुराज गायकवाडले २५ रन जोडे ।

पहिलो विकेटका लागि यशस्वी र ऋतुराजले १ सय ३ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

भारतले सिधैं क्वार्टरफाइनल खेलेको हो । समूह ‘ए’ को नेपालले मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा पहिलो पटक भारतको सामना गर्न लागेको हो । सन् २००७ को ट्वान्टी-२० विश्वकप विजेता भारत हाल वरीयताको शीर्ष स्थानमा छ । नेपाल १६ औं स्थानको टोली हो ।

नेपालले पहिलो पटक ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरीयताको शीर्ष टोली र विश्वकप विजेतासँग खेल्दैछ ।
 


भिडियो
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2