चैत्र ९, २०८२ सोमबार | ०७:०९:१३
साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध

अस्ट्रेलियाविरुद्धको सुरुआती दुई खेलमा राहुलले कप्तानी गर्ने

काठमाडौं । अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि भारतीय टोली  घोषणा भएको छ । कप्तान रोहित शर्मा र मुख्य चयनकर्ता अजित आगरकरले पत्रकार सम्मेलन गरी टोली घोषणा गरेका हुन् ।

केएल राहुलले सुरुआती दुई खेलमा कप्तानी गर्नेछन् । विश्वकप टोलीका पाँच खेलाडी रोहित शर्मा, विराट कोहली, हार्दिक पाण्ड्या, कुलदीप यादव र अक्षर पटेललाई विश्राम दिइएको छ ।

भारत र अस्ट्रेलियाबीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला हुनेछ। शृंखलाको पहिलो खेल सेप्टेम्बर २२ मा मोहालीको पिसीए रंगशालामा हुनेछ ।

रुतुराज गायकवाड, तिलक वर्मा, प्रसिद्ध कृष्ण, रविचन्द्रन आश्विन र वाशिंगटन सुन्दरलाई सुरुआती दुई खेलका लागि टोलीमा समावेश गरिएको छ । पाँचै खेलाडी विश्वकप खेल्ने टोलीमा छैनन् ।

रोहित, कोहली, हार्दिक, कुलदीप र अक्षरले तेस्रो एकदिवसीयमा पुनरागमन गर्नेछन्। यो खेलमा अश्विन र सुन्दरले पनि स्थान पाएका छन् । तर फिट नभएको खण्डमा अक्षरले भने तेस्रो पनि खेल पनि गुमाउन छन्। त्यसैले यस ठाउँमा सुन्दर र अश्विनलाई राखिएको छ।

सुरुआती दुई खेलका लागि १५ तथा तेस्रो खेलका लागि १७ सदस्यीय टोलीको घोषणा गरिएको छ ।

सुरुआती दुई खेलका लागि भारतीय टोलीः  

केएल राहुल (कप्तान), शुभमन गिल, रुतुराज गायकवाड, श्रेयश अय्यर, इशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा (उपकप्तान), शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद सिराज, रविचन्द्रन अश्विन, मोहम्मद शामी, तिलक वर्मा, प्रसिद्ध कृष्ण, वाशिंगटन सुन्दर

तेस्रो खेलका लागि भारतीय टोलीः

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयश अय्यर, केएल राहुल (विकेटकिपर), इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, मोहम्मद सिराज, जस्प्रित बुमराह, मोहम्मद शमी, अक्षर पटेल, रविचन्द्रन अश्विन, वाशिंगटन सुन्दर


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो