चैत्र १२, २०८२ बिहीबार | १३:५३:१२
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

क्रिकेट प्रशिक्षक उत्पादनका लागि काठमाडौं महानगर र बागमती प्रादेशिक क्रिकेट संघबीच सम्झौता

काठमाडाैं ।  बागमती प्रादेशिक क्रिकेट संघसँगको सहकार्यमा  काठमाडौं महानगरपालिकाले ‘आइसिसी लेभल ओ’ क्रिकेट प्रशिक्षक विकास कार्यक्रम सुरु गर्ने भएको छ ।

महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले समाजिक सञ्जालमार्फत कार्यक्रमअन्तर्गत सुरुमा ५० नयाँ क्रिकेट प्रशिक्षकलाई तालिम दिइने बताएका हुन् । यसका लागि प्रादेशिक क्रिकेट संघ र महानगरपालिकाबीच सम्झौता पनि भएकाे छ । कार्यक्रम पाँच दिनको हुनेछ । 

‘बागमी प्रदेश भित्र लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै छन् । प्रशिक्षक र खेलाडीको अनुपातलाई हेर्दा यो निकै कम हो । यस खाडललाई सम्बोधन गर्न, हामीले बागमती प्रादेशिक क्रिकेट संघसँगको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, ‘आइसिसी लेभल ओ’ क्रिकेट प्रशिक्षक विकास कार्यक्रम सुरु गर्दैछौ,’ बालेनले लेखेका छन्,‘ जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकलाई तालिम दिइ त्यसपछि सहर भरका इच्छुक खेलाडीलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्नेछ ।’

यसैगरी बालेनले पछिल्लो समय काठमाडौं जिल्लाबाट कुनै पनि राष्ट्रिय खेलाडी उत्पादन भनएको भन्दै केही स्कुल तथा वडाहरुमा नेटको व्यवस्था गर्ने बताए ।

‘पारस खडका, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटापछि काठमाडौँबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन । कारण काठमाडौंमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो ।त्यही अनुरुप हामीले प्रादेशिक क्रिकेट संघको प्राविधिक सहयोगमा केही स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दैछौ,’ बालेनले थपे,‘ यस्ता कार्यक्रममार्फत युवालाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने प्रतिभावान क्रिकेट प्रतिभाको संख्या बढाइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिको पहिचान गरी क्षमता अभिवृद्धि गर्नेछ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो