माघ १७, २०८२ शनिबार | १६:३४:०९
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

क्रिकेट प्रशिक्षक उत्पादनका लागि काठमाडौं महानगर र बागमती प्रादेशिक क्रिकेट संघबीच सम्झौता

काठमाडाैं ।  बागमती प्रादेशिक क्रिकेट संघसँगको सहकार्यमा  काठमाडौं महानगरपालिकाले ‘आइसिसी लेभल ओ’ क्रिकेट प्रशिक्षक विकास कार्यक्रम सुरु गर्ने भएको छ ।

महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले समाजिक सञ्जालमार्फत कार्यक्रमअन्तर्गत सुरुमा ५० नयाँ क्रिकेट प्रशिक्षकलाई तालिम दिइने बताएका हुन् । यसका लागि प्रादेशिक क्रिकेट संघ र महानगरपालिकाबीच सम्झौता पनि भएकाे छ । कार्यक्रम पाँच दिनको हुनेछ । 

‘बागमी प्रदेश भित्र लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै छन् । प्रशिक्षक र खेलाडीको अनुपातलाई हेर्दा यो निकै कम हो । यस खाडललाई सम्बोधन गर्न, हामीले बागमती प्रादेशिक क्रिकेट संघसँगको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, ‘आइसिसी लेभल ओ’ क्रिकेट प्रशिक्षक विकास कार्यक्रम सुरु गर्दैछौ,’ बालेनले लेखेका छन्,‘ जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकलाई तालिम दिइ त्यसपछि सहर भरका इच्छुक खेलाडीलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्नेछ ।’

यसैगरी बालेनले पछिल्लो समय काठमाडौं जिल्लाबाट कुनै पनि राष्ट्रिय खेलाडी उत्पादन भनएको भन्दै केही स्कुल तथा वडाहरुमा नेटको व्यवस्था गर्ने बताए ।

‘पारस खडका, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटापछि काठमाडौँबाट राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन । कारण काठमाडौंमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो ।त्यही अनुरुप हामीले प्रादेशिक क्रिकेट संघको प्राविधिक सहयोगमा केही स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दैछौ,’ बालेनले थपे,‘ यस्ता कार्यक्रममार्फत युवालाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने प्रतिभावान क्रिकेट प्रतिभाको संख्या बढाइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिको पहिचान गरी क्षमता अभिवृद्धि गर्नेछ ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।