चैत्र १२, २०८२ बिहीबार | १९:०४:५७
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

भारतको विजयी सुरुआत

काठमाडौं । भारत ‘ए’ ले एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा विजयी सुरुआत गरेको छ ।

भारले शुक्रबार सम्पन्न खेलमा युएई ‘ए’ माथि ८ विकेटको सहज जित निकालेको हो ।

श्रीलंकाको कोलम्बोस्थित सिंहली स्पोर्टस क्लबमा युएईले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य भारतले २६.३ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

भारतका लागि कप्तान यश धुलले ८४ बलमा २० चौका र १ छक्काको मद्दतमा अविजित १ सय ८ रन बनाए । यसैगरी निकिन जोसेले अविजित ४१ र अभिषेक शर्माले १९ रन जोडे । 

तेस्रो विकेटका लागि यश र निकिनले अविजित १ सय ३८ रनको साझेदारी गरे ।

युएईका लागि महम्मद जवादुल्लाह र कप्तान अली नसिरले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७५ रनको योगफल तयार पारेको थियो । युएईका लागि अश्वन्त वल्थापाले ४६, आर्यंश शर्माले ३८, मोहम्मद फराजुद्दिनले ३५, जश जिन्यानीले १३ र अली नसिरले १० रन जोडे ।

छैटौं विकेटका लासि अश्वन्त र मोहम्मदले ८० रनको साझेदारी गरेका थिए ।

भारतका लागि हर्षित रानाले ४, नितिशकुमार रेड्डी र मानव सुथारले समान २ र अभिषेक शर्माले १ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार नै सम्पन्न खेलमा पाकिस्तान ‘ए’ ले नेपालमाथि ४ विकेटको जित निकालेको थियो ।

अब सोमबार भारतले नेपाल र युएईले पाकिस्तानको सामना गर्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो