चैत्र १४, २०८२ शनिबार | ०६:२१:४०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

चौथो खेलमा नेपाल पराजित

काठमाडौं । नेपालले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा घरेलु टोली मलेसियासँग चार विकेटको पराजय ब्यहोरेको छ ।

मलेसियाको यो जितसँगै शृंखला २-२ को बराबरीमा आएको छ । शृंखलाको पहिलो खेलमा पाँच विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा सात तथा तेस्रो खेलमा २७ रनको जित निकालेको थियो ।

वाइएसडी यूकेएम ओभलमा नेपालले प्रस्तुत गरेको ९७ रनको लक्ष्य मलेसियाले अन्तिम बलमा ६ विकेट गुमाउँदै भेट्टायो ।

मलेसियाका लागि विनीफ्रेड दुराईसिंगमले ३८, महिरा इस्माइल १६ र मास एलिसाले १३ रन जोडे ।

नेपालका लागि कप्तान रुबिना क्षेत्री, कविता कुँवर, सीता रान मगर र कविता जोशीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९६ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागी इन्दु बर्माले ३२, विन्दु रावलले २४ र कविता जोशीले अविजित १२ रन बनाए ।

मलेसियाका लागी विनीफ्रेड दुराईसिंगमले तीन तथा महिरा इस्माइल र आइश्या एलिसाले समान एक विकेट लिए ।

शृंखलाको पाँचौं तथा अन्तिम खेल आइतबार हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो