चैत्र १२, २०८२ बिहीबार | २३:३८:३०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

फाइनल पुग्ने लक्ष्यमा गुजरात र मुम्बई

काठमाडाैं। इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा शुक्रबार साबिक विजेता गुजरात टाइटन्सले घरेलु मैदानमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सको सामना गर्दैछ ।

गुजरात र मुम्बईबीचकाे खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम साँझ ७ः४५ मा सुरु हुनेछ।

हार्दिक पान्ड्याको कप्तानीमा मैदान उत्रिने गुजरात मुम्बईलाई हराउँदै लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ ।

 शुभमन गिल गुजरातका प्रमुख ब्याटिङ हतियार हुन् । गिलले १५ खेलमा दुई शतक र चार अर्धशतकको मद्दतमा सात सय २२ रन बनाएका छन् । 

सर्वाधिक रन बनाउनेमा  गिल भन्दा अगाडी बेङ्लोरका कप्तान फाप डु प्लेसिस (७३०) छन् । गिललाई डेविड मिलर, ऋद्धिमान शाह जस्ता खेलाडीको साथ रहनेछ ।

यस्तै बलिङमा मोहम्मद शामी र राशिद खान मुम्बईका लागि धातक बन्न सक्छन् । सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा शीर्ष स्थामा रहेका शामीले १५ खेलमा २६ विकेट लिँदा दोस्रो स्थानका राशिदको नाममा समान खेलबाट २५ विकेट छ । उनीहरुलाई नुर अहमद, मोहित शर्मा लगायतका खेलाडीले साथ दिनेछन् ।

पहिलो क्वालिफायरमा गुजरातले चेन्नई सुपर किंग्ससँग १५ रनको पराजय ब्यहोरेको थियो ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रिनेछ मुम्बई पनि गुजरातलाई स्तब्ध बनाउँदै फाइनल पुग्न चाहन्छ ।

ब्याटिङमा मुम्बईका लागि सूर्य कुमार यादव रहनेछन् । यादवले १५ खेलमा एक शतक र चार अर्धशतकको मद्दतमा ५ सय ४४ रन बनाएका छन् ।

यादवलाई इशान किसन, क्यामरुन ग्रिन लगायका खेलाडीले साथ दिनेछन् ।

यसैगरी बलिङमा मुम्बईका लागि पियुष चावला प्रमुख हतियार हुनेछन् । चावला २१ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडीको सुचीको तेस्रो स्थामा छन् ।

चावलालाई जेसन बेहरेनड्रफ, आकाश मधवाल जस्ता खेलाडीको साथ रहनेछ ।

मुम्बईले इलिमिनेटर राउन्डमा लखनउ सुपर जयान्टमाथि ८१ रनको सहज जित निकालेको थियो ।

यी दुईबीच हालसम्म तीन खेल हुँदा मुम्बईले दुई तथा गुजरातले एक जित निकालेका छन् ।

यस सिजनको पहिलो भेटमा गुजरात ५५ रन तथा दोस्रो भेटमा मुम्बई २७ रनले विजयी भएका थिए । गत संस्करणमा मुम्बईले पाँच रनको जित निकालेको थियो ।

यो खेलको विजेताले आइतबार हुने फाइनलमा चेन्नई सुपर किंग्सको सामना गर्नेछ ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो