पुस २८, २०८२ मंगलबार | २२:५४:५०
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकासँग बराबरीमा रोकियो नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता साफ महिला फुटसल च्याम्पियनसिपः पाकिस्तान र भुटानले खेल्यो बराबरी साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध भारतको सहज जित युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी

फाइनल पुग्ने लक्ष्यमा गुजरात र मुम्बई

काठमाडाैं। इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा शुक्रबार साबिक विजेता गुजरात टाइटन्सले घरेलु मैदानमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सको सामना गर्दैछ ।

गुजरात र मुम्बईबीचकाे खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम साँझ ७ः४५ मा सुरु हुनेछ।

हार्दिक पान्ड्याको कप्तानीमा मैदान उत्रिने गुजरात मुम्बईलाई हराउँदै लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ ।

 शुभमन गिल गुजरातका प्रमुख ब्याटिङ हतियार हुन् । गिलले १५ खेलमा दुई शतक र चार अर्धशतकको मद्दतमा सात सय २२ रन बनाएका छन् । 

सर्वाधिक रन बनाउनेमा  गिल भन्दा अगाडी बेङ्लोरका कप्तान फाप डु प्लेसिस (७३०) छन् । गिललाई डेविड मिलर, ऋद्धिमान शाह जस्ता खेलाडीको साथ रहनेछ ।

यस्तै बलिङमा मोहम्मद शामी र राशिद खान मुम्बईका लागि धातक बन्न सक्छन् । सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा शीर्ष स्थामा रहेका शामीले १५ खेलमा २६ विकेट लिँदा दोस्रो स्थानका राशिदको नाममा समान खेलबाट २५ विकेट छ । उनीहरुलाई नुर अहमद, मोहित शर्मा लगायतका खेलाडीले साथ दिनेछन् ।

पहिलो क्वालिफायरमा गुजरातले चेन्नई सुपर किंग्ससँग १५ रनको पराजय ब्यहोरेको थियो ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रिनेछ मुम्बई पनि गुजरातलाई स्तब्ध बनाउँदै फाइनल पुग्न चाहन्छ ।

ब्याटिङमा मुम्बईका लागि सूर्य कुमार यादव रहनेछन् । यादवले १५ खेलमा एक शतक र चार अर्धशतकको मद्दतमा ५ सय ४४ रन बनाएका छन् ।

यादवलाई इशान किसन, क्यामरुन ग्रिन लगायका खेलाडीले साथ दिनेछन् ।

यसैगरी बलिङमा मुम्बईका लागि पियुष चावला प्रमुख हतियार हुनेछन् । चावला २१ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडीको सुचीको तेस्रो स्थामा छन् ।

चावलालाई जेसन बेहरेनड्रफ, आकाश मधवाल जस्ता खेलाडीको साथ रहनेछ ।

मुम्बईले इलिमिनेटर राउन्डमा लखनउ सुपर जयान्टमाथि ८१ रनको सहज जित निकालेको थियो ।

यी दुईबीच हालसम्म तीन खेल हुँदा मुम्बईले दुई तथा गुजरातले एक जित निकालेका छन् ।

यस सिजनको पहिलो भेटमा गुजरात ५५ रन तथा दोस्रो भेटमा मुम्बई २७ रनले विजयी भएका थिए । गत संस्करणमा मुम्बईले पाँच रनको जित निकालेको थियो ।

यो खेलको विजेताले आइतबार हुने फाइनलमा चेन्नई सुपर किंग्सको सामना गर्नेछ ।

 

 

 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||