काठमाडौं । जिम्बावेमा जुन १८ देखि जुलाई ९ सम्म हुने आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट (ग्लोबल क्वालिफायर) का लागि वेस्ट इन्डिज टोलीको घोषणा भएको छ ।
छनोटका लागि वेस्ट इन्डिज क्रिकेट बोर्डले शाई होपको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । विश्वकप छनोट अघि वेस्ट इन्डिजडले युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला पनि खेल्दैछ ।
विश्वकप छनोटमा आयोजक जिम्बावे नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स, अमेरिका र वेस्ट इन्डिजसहित १० टोलको सहभागिता रहनेछ । छनोटबाट दुई टोलीले भारतमा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछन् ।
वेस्ट इन्डिजको टोली
शाई होप ( कप्तान), निकोलस पुरन, रोभम्यान पोवेल(उपकप्तान) शमराह ब्रुक्स, यानिक कारिया, केसिया कार्टी, रोस्टन चेस, जेसन होल्डर, अकिल हुसेन, अल्जारी जोसेफ, ब्रान्डन किंग, कायल मायर्स, गुडाकेस मोती, किमो पल,रोमारियो शेफर्ड