नेपाल पारा ओलम्पिक कमिटी

नेपाली व्हिलचियर क्रिकेट टोली घोषणा

काठमाडौं । भारतको गुजरातमा हुने व्हिलचियर क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोली घोषणा भएको छ ।

नेपाल पारा ओलम्पिक कमिटीले बिहीबार पत्रकार सम्मेलन गर्दै १२ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको प्रशिक्षकमा भरत कार्की छन् ।

चैत एक देखि ६ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी चार राष्ट्र सहभागी हुने छन् । पहिलो चरणमा राउन्ड रोविन पद्धतीमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

पत्रकार सम्मेलनमा नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, महासचिव प्रकाश चिलवाल,  अन्तर्राष्ट्रिय व्हीलचेयर क्रिकेट परिषद्का महासचिव रघुकुमार आर, एटिटीएफका अध्यक्ष कुमार पौडेललगायतको उपस्थिति थियो ।

नेपाली टोली

हिमालय आर्यल (कप्तान), रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, दिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोम राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण मगर र राजु कट्वाल