चैत्र ८, २०८२ आइतबार | ०२:५६:१९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

जावलाखेल र आर्मीलाई ह्विलचियर बास्केटबलको उपाधि

महिलातर्फको विजेता जावलाखेल ।

काठमाडौं । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब (जेडब्युएससी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबले मंगलबार अन्तरउपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए_को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न प्रतियोगितामा जावलाखेल महिला तथा आर्मी पुरुषतर्फ च्याम्पियन बने । उपाधिसँगै दुवैले समान ५० हजार रुपैयाँ हात पारे ।

महिलातर्फ जावलाखेलले ह्विलचियर स्पोर्टस एसोसिएसन (डब्ल्युएसए) लाई २४-२३ ले पराजित गर्यो । जावलाखेललाई च्याम्पियन बनाउन रजनी राईले सर्वाधिक १४ अंक जोडिन् ।  प्रतियोगिताको सर्वाधिक स्कोरकर्ता बनेकी उनले ३ हजार रुपैयाँ हात पारिन् ।

राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान)लाई हराउँदै इस्पाइनल कट इन्जरी नेट्वर्क नेपाल (एससिआइएनएन) तेस्रो भयो ।

सेमिफाइनमान जावलाखेलले एससिआइएनएनलाई १७-६ तथा डब्ल्युएसएले निडवानलाई १२-२ ले पराजित गरेका थिए ।

पुरुषतर्फको विजेता आर्मी । 

पुरुषतर्फ विभागीय ‘डर्बी’ मा आर्मीले एपिएफलाई आर्मीले ४३-४१ ले हरायो ।  निकै रोमाञ्चक बनेको फाइनलमा निर्धारित खेल ३९-३९ को बराबरी सकिएको थियो। त्यसपछि विजेताको छिनोफानो गर्न अतिरिक्त तीन मिनेटको समय थप गरिएको थियो ।

अतिरिक्त समयमा आर्मीले चार र एपिएफले दुई स्कोर जोडे ।  आर्मीलाई उपाधि दिलाउन रमेश खत्रीले सर्वाधिक १९ स्कोर गरे । उनले ३ हजार रुपैयाँ प्राप्त गरे ।

आयोजक एनएससिआइएसएलाई १०-६ले हराउँदै बिआइए तेस्रो भयो । सेमिफाइनलमा आर्मीले बिआइएलाई ४०-१३ र एपिएफले  एनएससिआइएसएलाई ४०-१० ले हराएका थिए ।

दुर्वतर्फ उपविजेता र तेस्रो हुने टोलीले क्रमशः ४० र ३० हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फ तुलशा मगर तथा पुरुषतर्फ राम तामाङ सर्वोत्कृष्ट भए । दुवैले समान ३ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई  राष्ट्रिय खेलकुद परिषद् ( राखेप)का उपाध्यक्ष धुर्व आचार्य, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, एनएससिआइएसएका अध्यक्ष देवी आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए।

दुई दिन चलेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ सात  टोलीको सहभागिता थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो