पोखरा । प्रदेश १ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्कीको सेमिफाइनलमा पुगेका छन् ।
पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १-० गोल अन्तरले पराजित गर्यो । खेलको पहिलो क्वाटरमा पूर्णिमा राइले गरेको गोल नै निर्णयक बन्यो । उनले १५ औं मिनेटमा गरेको गोलसँगै प्रदेश-१ ले अग्रता लिएको थियो । जितसँगै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार नै भएको दोस्रो खेलमा नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशललाई ३-० सेमिफाइनल यात्रा तय गरेको छ ।
सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै थियो । भोलि प्रतियोगिताको पाँचौ दिन बागमती प्रदेश र मधेस प्रदेश बीच प्रतिस्पर्धा हुनेछ । यसअघि लगातार दुई खेल जितिसकेको गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
