माघ १७, २०८२ शनिबार | २२:०६:३९
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

यु-१५ विद्यालय खेलकुदः गण्डकीको दोहोरो जित

बास्केटबलको छात्रतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

पोखरा। यु-१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटको प्रतिस्पर्धा बुधबारबाट सुरु भएको छ ।  प्रतियोगितामा गण्डकी प्रदेशले दोहोरो जित निकालेको छ ।

पोखरा रंगशालामा भएको छात्रातर्फ गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकीले लुम्बिनी प्रदेशलाई २३-६ले पराजित गर्यो । गण्डकीको जितमा जेनियम श्रेष्ठले ६ स्काेर जोडिन् ।

छात्रातर्फ नै कर्णाली प्रदेशले मधेश प्रदेशविरुद्ध १९-४ को जित निकाल्यो । कर्णालीको जितमा सृजना बडुवालले १५ स्कोरको योगदान दिइन्  ।

यसैगरी छात्रतर्फ पनि गण्डकीले जित हासिल गरेको छ । गण्डकीले लुम्बिनी प्रदेशलाई ४५-२७ ले पराजित गर्यो । गण्डकीका लागि सौभाग्य पुनले १९ स्कोर जाेडे।

बास्केटबलको छात्रातर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

छात्रतर्फ नै प्रिन्स कुसुवाको १८ स्कोरको मद्दतमा मधेशले कर्णालीलाई ३१-२९ ले हरायो ।

लिग चरणका खेलहरु पोखरा रंगशाला तथा पोखरा रामघाटस्थित पुन समाज पोखराको बास्केटबल कोर्टमा भइरहेका छन् । प्रतियोगितामा छात्रातर्फ सुदूरपश्चिमबाहेक ६  र छात्रतर्फ ७ प्रदेशको सहभागिता छ ।

बिहान ७ः०० बजे देखि हुने भनिए पनि प्राविधिक कारण वश करिब साँढे २ घण्टा पछि मात्र खेलहरु सुरु भएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।