चैत्र ८, २०८२ आइतबार | ०८:०५:००
पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ?

‘थ्री वाइ थ्री’ बास्केटबल बास्केटबलमा दुई बंगलादेशी टोली

काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्ड हलमा शनिबारदेखि हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधा समावेश गरिएको छ ।

ली निङ नेपाल आधिकारिक पार्टनर रहेको प्रतियोगितामा ब्वाइजतर्फ ३२ र गर्ल्सतर्फ आठ टोलीको सहभागिता रहनेछ।  प्रतियोगितामा विदेशी टोलीका रूपमा बंगलादेश नेभी र बंगलादेश युनिभरसिटीको क्लबले सहभागिता जनाउने आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

प्रतियोगिताको ब्वाइजतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी गर्ल्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन् ।

दुवैतर्फको सर्वोकृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाली टोलीले दुई विदेश खेलाडीलाई अनुबबन्ध गर्न पाउनेछन् तर एक पटकमा एक जनालाई मात्र कोर्टमा उतार्न पाइनेछ ।

नेपाल बस्केटबलका अध्यक्ष भीमसिंह गुरुङले नेपालमा राम्रो सम्भावान भएको र आर्थिक रूपमा पनि कम भार पर्ने भएकाले थ्री वाइ थ्री बास्केटबल प्रतियोगिता गर्न लागेको बताए ।

‘थ्री वाइ थ्री बास्केटलब नेपालमा राम्रो सम्भावना बोकेको खेल हो । यो प्रतियोगिता आयोजना गर्दा आर्थिक भार पनि केही कम हुने र सबैको पहुँच सम्म पुग्ने भएकाले नै यसलाई प्राथमिकतामा राखेका हौं,’ गुरुङले भने ।

पत्रकार सम्मलेनमा ली निङ नेपालका कार्यकारी प्रमुख राजेन महर्जन, बास्केटबलका मुख्य प्रशिक्षक दीनेश नकर्मी लगायतको उपस्थिति थियो ।

प्रतियोगिताका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री ली निङले उपलब्ध गराउने कार्यकारी निर्देशक महर्जनले जनाकार दिए । 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो