माघ १७, २०८२ शनिबार | ०६:०८:२२
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिक च्याम्पियन

काठमाडौं । ग्रिनल्यान्ड, आयोजक भ्याली पब्लिक र गोल्डेनपिकले १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । शुक्रबार सम्पन्न प्रतियोगितामा ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बन्न सफल भए ।

सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५३-४७ ले पराजित गर्यो । ग्रिनल्यान्डका सुरेश बिसीले २२ अंक जोडे ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले श्री सत्यसाइलाई ५०-३८ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १४ अंक जोडिन् ।  जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले भ्याली पब्लिकलाई ४३-२३ ले स्तब्ध बनायो । गोल्डेनपिकका नेल्सन गुरुङले १८ स्कोर गरे ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, सिनियर गर्ल्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा गोल्डेनपिकका जिग्मे शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ, सिनियर गर्ल्समा भ्याली पब्लिककी रशी शाह र जुनियर ब्वाइजमा गोल्डेनपिकका नेल्सन गुरुङ गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका लाक्यप शेर्पा, सिनियर गर्ल्समा भ्याली पब्लिककी एन्जल गुप्ता र जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक विक सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर लाक्यपले १११, एन्जलले ६६ र अशोकले ४४ स्कोर गरेका थिए ।

सिनियर ब्वाइजमा भद्रकाली, सिनियर गर्ल्समा बिएमसीए र जुनियर ब्वाइजमा एसिया प्यासिफिक अनुशासित टिम बने । सिनियर ब्वाइजमा युनिभर्सिटी, सिनियर गल्र्समा ह्वाइट माउन्टेन र जुनियर ब्वाइजमा प्रारम्भ ‘इमर्जिङ टिम’ ठहरिए ।

विजेतालाई भ्याली पब्लिकका प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी सह–संस्थापक सुनिता अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारी, प्याब्सनकी प्राज्ञिक सल्लाहकार अन्जु भट्टराई, ज्ञान संस्कारकी प्रिन्सिपल निलम बानियाँ बडुलगायतले पुरस्कृत गरे ।

नौ दिने प्रतियोगिताको सिनियर ब्वाइजमा २२, सिनियर गर्ल्समा २४ र जुनियर ब्वाइजमा ३२ टिमले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।