चैत्र १८, २०८२ बुधबार | ०५:१४:२६
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिक च्याम्पियन

काठमाडौं । ग्रिनल्यान्ड, आयोजक भ्याली पब्लिक र गोल्डेनपिकले १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । शुक्रबार सम्पन्न प्रतियोगितामा ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बन्न सफल भए ।

सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५३-४७ ले पराजित गर्यो । ग्रिनल्यान्डका सुरेश बिसीले २२ अंक जोडे ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले श्री सत्यसाइलाई ५०-३८ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १४ अंक जोडिन् ।  जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले भ्याली पब्लिकलाई ४३-२३ ले स्तब्ध बनायो । गोल्डेनपिकका नेल्सन गुरुङले १८ स्कोर गरे ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका प्रवीण गुरुङ, सिनियर गर्ल्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा गोल्डेनपिकका जिग्मे शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ, सिनियर गर्ल्समा भ्याली पब्लिककी रशी शाह र जुनियर ब्वाइजमा गोल्डेनपिकका नेल्सन गुरुङ गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकका लाक्यप शेर्पा, सिनियर गर्ल्समा भ्याली पब्लिककी एन्जल गुप्ता र जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक विक सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर लाक्यपले १११, एन्जलले ६६ र अशोकले ४४ स्कोर गरेका थिए ।

सिनियर ब्वाइजमा भद्रकाली, सिनियर गर्ल्समा बिएमसीए र जुनियर ब्वाइजमा एसिया प्यासिफिक अनुशासित टिम बने । सिनियर ब्वाइजमा युनिभर्सिटी, सिनियर गल्र्समा ह्वाइट माउन्टेन र जुनियर ब्वाइजमा प्रारम्भ ‘इमर्जिङ टिम’ ठहरिए ।

विजेतालाई भ्याली पब्लिकका प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी सह–संस्थापक सुनिता अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारी, प्याब्सनकी प्राज्ञिक सल्लाहकार अन्जु भट्टराई, ज्ञान संस्कारकी प्रिन्सिपल निलम बानियाँ बडुलगायतले पुरस्कृत गरे ।

नौ दिने प्रतियोगिताको सिनियर ब्वाइजमा २२, सिनियर गर्ल्समा २४ र जुनियर ब्वाइजमा ३२ टिमले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो