चैत्र १३, २०८२ शुक्रबार | ०५:३९:०३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

डाउनहिल साइक्लिङमा दुवै स्वर्ण आर्मीलाई

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबारदेखि सुरु भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिला दुवैतर्फ त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।

पुरुषतर्फ आर्मीका राजेश मगरले १४ सय मिटर दूरी १ मिनेट ४९‍.१० सेकेण्डमा पूरा गरेर स्वर्ण जिते । त्यस्तै बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा निर्धारित दूरी पूरा गरेर रजत तथा एपिएफका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेण्डमा लगाउँदा कास्य जिते ।

महिलातर्फ पनि सोही दूरी आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी छिन् । रजत पदक पनि आर्मीकै उसा खनालले जित्न सफल भइन् । खनालले २ मिनेट ३७.४५ सेकेण्डमा दूरी पूरा गरेकी थिइन् । त्यस्तै २ मिनेट ४०.०९ सेकेण्डमा दूरी पूरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले कास्य पदक जितिन् ।

शनिबार भएको साइक्लिङको डाउनहिल विधामा नेपाल आर्मीले २ स्वर्ण, बागमती प्रदेश र नेपाल आर्मीले १÷१ रजत त्यस्तै गण्डकी प्रदेश र एफिएफले १/१ कास्य पदक जिते । 

सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा प्रतिस्पर्धा हुने तय छ । भोलि (आइतबार) पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो