चैत्र ६, २०८२ शुक्रबार | १२:२८:२२
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

सरकारले खेलाडी र प्रशिक्षकबाहेक अन्यको खर्च नबेहोर्ने

फाइल तस्विर

काठमाडौं । सरकारले पेरिस ओलम्पिकमा  सहभागी खेलाडी र प्रशिक्षकबाहेक अन्य सहभागीको खर्च नबेहोर्ने भएको छ।

युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लेखनाथ न्यौपानेले नेपाल ओलम्पिक कमिटीको खर्चबाट सहभागी हुने खेलाडी र प्रशिक्षकबाहेक अन्य सहभागीको हकमा सरकारको स्रोतबाट कुनै पनि खर्च नब्यहोर्ने निर्णय भएको जानकारी दिए ।

नेपालबाट सात खेलाडीसहित २९ सदस्यीय टोली पेरिस ओलम्पिकमा पुगेको छ। टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्जेन्डर शाह तथा डुवाना लामा, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले सहभागिता जनाएका छन् । सन्तोषीबाहेक अन्य खेलाडी पहिलो चरणबाटै बाहिरिसकेका छन् ।

सन्तोषीको खेल पेरिस ओलम्पिकको अन्तिम दिन अगस्ट ११ मा हुनेछ। राजेन्द्र कपाली टेबलटेनिस, देवु थापा जुडो, नयना शाक्य पौडी र कान्तिकुमारी महतो एथलेटिक्सका प्रशिक्षक हुन्।

अफिसियलको रूपमा नेपाल पौडी संघका निवर्तमान अध्यक्ष अशोकरत्न बज्राचार्य, जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सुटिङका अध्यक्ष पुष्पदास श्रेष्ठ, टेबलटेनिस संघका अध्यक्ष ज्योति राणा, रेस्लिङसंघका अध्यक्ष प्रकाशकुमार कुसारी तथा नेपाल ओलम्पिक कमिटीका सहसचिव पीताम्बर तिम्सिना पेरिस पुगेका छन्।

यसैगरी अफिसियल भन्दै राखेपका आर्थिक प्रशासन शाखा प्रमुख रिखीराम पोखरेल, नविसमानसिंह प्रधान (डाक्टर), खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेप सदस्यसचिव टंकलाल घिसिङ (सेभ दि मिसन) पनि पेरिस पुगेका थिए ।

उनीहरूबाहेक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्द राजवैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ, कार्यकारी सचिव सुजनलाल श्रेष्ठ, सदस्य रमेश सिवाकोटी र पृथ्वीबहादुर पाण्डे अतिथिको रूपमा पेरिसमा छन्।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो