चैत्र ६, २०८२ शुक्रबार | १८:१२:४१
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

रुपेश च्याम्पियन

काठमाडौं । हिमालयन चेस एकेडेमीद्धारा अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको सयौं वर्ष पुगेको अवसरमा  शनिबार आयोजित ‘हिमालयन १००’ ब्लिज चेसमा रुपेश जैसवाल च्याम्पियन भएका छन् ।

हिमालयन चेस एकेडेमीले युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै किङ्स कलेज, बबरमहलमा सम्पन्न गरेको प्रतियोगितामा फिडे मास्टर (एफएम) रुपेशले अपराजित रहँदै सर्वाधिक ९.५ अंक जोडे । अर्का एफएम क्षितीज भण्डारी ९ अंकसहित उपविजेता भए । पुरुषोत्तम सिलवाल र रामहरि कार्कीले समान आठ अंक बनाए । तर, टाइब्रेकरको आधारमा पुरुषोत्तम तेस्रो भए ।

गत वर्षका नेपाल च्याम्पियनसमेत रहेका २१८० रेटेड रुपेशले दसौं तथा अन्तिम चरणमा राजेन्द्रप्रसाद श्रेष्ठसँग अंक बाँड्नुअघि रुबेश्री चौलागाइँ, विनोद तामाङ, भुवनेश्वर चौधरी, धिरेन राई, सुशील चौधरी, पुरुषोत्तम सिलवाल, क्षितीज, सजल न्यौपाने र पुरुषोत्तम चौलागाइँलाई पराजित गर्दै पूर्ण अंक जोडेका थिए ।

खुला, महिला तथा अरु १५ स्पर्धा समावेश प्रतियोगितामा रुपेशले १० हजार, क्षितीजले  ७ हजार, पुरुषोत्तमले ४ हजार, रामहरि (चौथो) ३ हजार र राजेन्द्रप्रसाद (पाँचौं) ले २ हजार रुपैयाँ प्राप्त गरे । पुरुषोत्तम चौलागाइँ, सुशील, धिरेन, अभिक शाह , शैलेन्द्र न्यौपाने शीर्ष १० मा रहँदै  समान उक हारज रुपैयाँ १ हजार हात पारे ।

एन्जल महर्जनले ६.५ अंक जोड्दै महिलातर्फ विजेता बनिन् । उक्त स्पर्धामा नेपाल च्याम्पियन सिन्दिरा जोशी र पुनम प्रसाइँ समान ६ अंक जोडे । टाइब्रेकरमा पुनमलाई उछिन्दै सिन्दिरा उपविजेता बनिन् । यसमा प्रथमले ३ हजार, दोस्रोले २ हजार र तेस्रोले १ हजार रुपैयाँ प्राप्त गरे ।

यु-९ गर्ल्समा रुबेश्री, ब्वाइजमा एल्बिक अधिकारी, यु ११ गर्ल्समा नायुमा मगर, ब्वाइजमा अग्रिम सैंज,  यु-१३ ब्वाइजमा सिद्धार्थ लामा, गर्ल्समा सोफिया गुरुङ तथा यु-१५ ब्वाइजमा आशिष गुप्ता र गर्ल्समा विपश्वी अधिकारी विजेता बने ।

विद्यार्थीतर्फ कक्षा १० सम्मको स्पर्धामा बुटवलका प्रमिश कुँवर  पहिलो भए । भेट्रान (५५ वर्षमाथि) मा महेश्वरलाल डंगोल , रेटिङ १९०० मुनिमा मिसन दाहाल, १७०० मुनिमा सजल न्यौपाने ९७० र अनरेटेडमा फुर्वा लामा शीर्ष स्थानमा रहे । वेस्ट हिमालयनको अवार्ड गर्ल्समा प्रज्ञा पन्तले ४.५० र ब्वाइजमा रायान श्रेष्ठले ६ अंक प्राप्त गरे ।

‘फिडे १०० गिनिज वर्ल्ड रेकर्ड्स अटेम्प्ट’ अभियानमा साथ दिन आयोजित प्रतियोगितामा १०० खेलाडीले स्वीस प्रणालीको आधारमा १० चरणमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)की बोर्ड सदस्य पेमा डोल्मा लामा, बागमती प्रदेश बुद्धिचाल संघका पूर्वअध्यक्ष ज्ञानकृष्ण महर्जन, नेपाल स्नुकर संघका अध्यक्ष एवं काठमाडौं महानगरपालिका वडा नं.११ का जनप्रतिनिधि सरोजकुमार मुल्मी, नेपाल बुद्धिचाल महासंघका पूर्वअध्यक्ष विदूरप्रसाद गौतम, युक्ति फाउन्डेसनकी प्रमुख युक्ति लामा श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बुले पुरस्कार प्रदान गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो