माघ १५, २०८२ बिहीबार | १३:५२:११
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

रुपेश च्याम्पियन

काठमाडौं । हिमालयन चेस एकेडेमीद्धारा अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको सयौं वर्ष पुगेको अवसरमा  शनिबार आयोजित ‘हिमालयन १००’ ब्लिज चेसमा रुपेश जैसवाल च्याम्पियन भएका छन् ।

हिमालयन चेस एकेडेमीले युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै किङ्स कलेज, बबरमहलमा सम्पन्न गरेको प्रतियोगितामा फिडे मास्टर (एफएम) रुपेशले अपराजित रहँदै सर्वाधिक ९.५ अंक जोडे । अर्का एफएम क्षितीज भण्डारी ९ अंकसहित उपविजेता भए । पुरुषोत्तम सिलवाल र रामहरि कार्कीले समान आठ अंक बनाए । तर, टाइब्रेकरको आधारमा पुरुषोत्तम तेस्रो भए ।

गत वर्षका नेपाल च्याम्पियनसमेत रहेका २१८० रेटेड रुपेशले दसौं तथा अन्तिम चरणमा राजेन्द्रप्रसाद श्रेष्ठसँग अंक बाँड्नुअघि रुबेश्री चौलागाइँ, विनोद तामाङ, भुवनेश्वर चौधरी, धिरेन राई, सुशील चौधरी, पुरुषोत्तम सिलवाल, क्षितीज, सजल न्यौपाने र पुरुषोत्तम चौलागाइँलाई पराजित गर्दै पूर्ण अंक जोडेका थिए ।

खुला, महिला तथा अरु १५ स्पर्धा समावेश प्रतियोगितामा रुपेशले १० हजार, क्षितीजले  ७ हजार, पुरुषोत्तमले ४ हजार, रामहरि (चौथो) ३ हजार र राजेन्द्रप्रसाद (पाँचौं) ले २ हजार रुपैयाँ प्राप्त गरे । पुरुषोत्तम चौलागाइँ, सुशील, धिरेन, अभिक शाह , शैलेन्द्र न्यौपाने शीर्ष १० मा रहँदै  समान उक हारज रुपैयाँ १ हजार हात पारे ।

एन्जल महर्जनले ६.५ अंक जोड्दै महिलातर्फ विजेता बनिन् । उक्त स्पर्धामा नेपाल च्याम्पियन सिन्दिरा जोशी र पुनम प्रसाइँ समान ६ अंक जोडे । टाइब्रेकरमा पुनमलाई उछिन्दै सिन्दिरा उपविजेता बनिन् । यसमा प्रथमले ३ हजार, दोस्रोले २ हजार र तेस्रोले १ हजार रुपैयाँ प्राप्त गरे ।

यु-९ गर्ल्समा रुबेश्री, ब्वाइजमा एल्बिक अधिकारी, यु ११ गर्ल्समा नायुमा मगर, ब्वाइजमा अग्रिम सैंज,  यु-१३ ब्वाइजमा सिद्धार्थ लामा, गर्ल्समा सोफिया गुरुङ तथा यु-१५ ब्वाइजमा आशिष गुप्ता र गर्ल्समा विपश्वी अधिकारी विजेता बने ।

विद्यार्थीतर्फ कक्षा १० सम्मको स्पर्धामा बुटवलका प्रमिश कुँवर  पहिलो भए । भेट्रान (५५ वर्षमाथि) मा महेश्वरलाल डंगोल , रेटिङ १९०० मुनिमा मिसन दाहाल, १७०० मुनिमा सजल न्यौपाने ९७० र अनरेटेडमा फुर्वा लामा शीर्ष स्थानमा रहे । वेस्ट हिमालयनको अवार्ड गर्ल्समा प्रज्ञा पन्तले ४.५० र ब्वाइजमा रायान श्रेष्ठले ६ अंक प्राप्त गरे ।

‘फिडे १०० गिनिज वर्ल्ड रेकर्ड्स अटेम्प्ट’ अभियानमा साथ दिन आयोजित प्रतियोगितामा १०० खेलाडीले स्वीस प्रणालीको आधारमा १० चरणमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)की बोर्ड सदस्य पेमा डोल्मा लामा, बागमती प्रदेश बुद्धिचाल संघका पूर्वअध्यक्ष ज्ञानकृष्ण महर्जन, नेपाल स्नुकर संघका अध्यक्ष एवं काठमाडौं महानगरपालिका वडा नं.११ का जनप्रतिनिधि सरोजकुमार मुल्मी, नेपाल बुद्धिचाल महासंघका पूर्वअध्यक्ष विदूरप्रसाद गौतम, युक्ति फाउन्डेसनकी प्रमुख युक्ति लामा श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बुले पुरस्कार प्रदान गरे ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।