माघ २, २०८२ शुक्रबार | १८:११:०२
सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल

भीमले पेरिस पारा ओलम्पिक खेल्ने

काठमाडौं । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ पारालिम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसँगै भीमको पारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठले जनाएका छन् ।

भीमले पुरुष ५० मिटर फ्रि-स्टायलमा प्रतिस्पर्धा गर्नेछन् । यो स्पर्धामा उनकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।

गोर्खा जिल्लाको नारेश्वर बेनीखोला निवासी ४१ वर्षीय भीमले आफ्नो करिअरमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद, इन्डोनेसियामा भएको तेश्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

उनले पछिल्लोपटक खेलको प्रतियोगिता विश्व पारा पौडी सिरिज हो जुन पारालिम्पिक छनोटको आधार थियो । सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म भएको यहि प्रतियोगितामा भीमले ५० मिटर फ्रि स्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । भीम एम्पुटी फुटबलका पनि खेलाडी हुन् ।

प्रतियोगिताका लागि कालोपुलस्थित वेस्ट भेन्युमा तयारी भीमलाई विजेनमान श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । भीमले पारा ओलम्पिक जस्तो ठूलो प्रतियोगिताका लागि छनोट भएकोमा खुशी व्यक्त गर्दै मेहनतको फल प्राप्त भएको प्रतिक्रिया दिए ।

‘पारा ओलम्पिक जस्तो ठूलो प्रतियोगिताका छनोट भएकोमा खुशी लागेको छ । यसको लागि धेरै दुःख र मेहनत गरेको थिए । मेहनतको फल प्राप्त भएको अनुभूति भइरहेको छ,’भीमले भने ।

अध्यक्ष श्रेष्ठ भीमको सहभागिताका लागि संघले पनि धेरै पहल गरेको बताउदै संघको प्रयास सफल बनाउन सहयोग गर्ने सम्बन्धित सम्पूर्णलाई धन्यवाद दिए ।

भीमसहित पेरिस पारा ओलम्पिकमा हालसम्म तीन नेपाली खेलाडीको सहभागिता निश्चित भइसकेको छ । यसअघि तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता छनोट भइसकेका छन् । पलेशाले भने छनोट चरण पार गर्दै पेरिस पालिलम्पिकमा स्थान सुरक्षित गरेकी हुन् । भरतले वाइल्ड कार्ड पाएका थिए ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate